काठमाडौं । नेपाल राष्ट्रमा विदेशी हस्तक्षेप रोक्ने दायित्व जसको हो, त्यही दल र नेता विदेशी एजेन्ट बन्न लजाउँदैनन । नेपालको गरिबी अशिक्षा र पछौटेपनको फाइदा लिने साम्रज्यवादी अमेरिका हो्स वा भारत, चीन, पाकिस्तान जहाँ नेपाली एजेन्ट राख्ने देश थियो । बहुदल र राजतन्त्रलाई लोकतन्त्रले मास्नसँग नेपालको एउटा वर्ग नागरिक अगुवाका रूपमा आयो अर्को अगुवा टोली मानव अधिकारको ठेकेदार बन्यो । त्यस्ता अगुवाले नेपाली कांग्रेस, नेकपा एमालेको आड लिएका छन् । उनैको पछि लाग्ने माओावदीका विचौलिया कतै बिक्ँदैनन् ।
दलभित्र जनजाति दलित, आदिवासीका नाउँमा डलरको खेती गर्न नेतालाई सजिलो भयो । जसले माओवादी जनयुद्धले दिएको जातीय राज्यको ऐलान समातेर थारु, गुरुङ, मगरजस्ता समूह भड्काइ संविधानसभाले चार वर्षमा संविधान दिन नसक्नु यस्तै जातियताको नाराले काम ग¥यो । पार्टीमा कांग्रेसका स्व.गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मोहन वैद्य, एमालेका माधव नेपाल, झलनाथ खनाल जाससु नभएर के गर्नु, त्यही टिमभित्र भारतीय ‘रअ’ पाकिस्तानी आइएसआई, युरोपेली संघका इन्टेसिलजेन्स मात्र होइन चिनियाँ ऐनले खरिद भएका गुप्तचरले दलहरू कमजोर बनाए । त्यसको प्रभाव परेको छ । मोहन वैद्यको क्रान्तिकारी माओवादीमा सिपी गजुरेल, परि थापा, सीताराम तामाङसमेत जातीय रूपमा आएको डलरमा बिकेका छन् । नेत्र विक्रम चन्दको पार्टी खड्ग विक दलितको नाममा राज्यको पैसा खानेमा पर्छन । सबै भन्दा क्रान्तिकी सबैलाई धम्काउने उनै हुन् । कांग्रेसमा रामचन्द्र पौडेल, कृष्ण सिटौला छदैछन् । डा.शेखर कोइरालाले हँदैसम्मको दबाब र पैसाले मातेका नेता धेरै भए । एमालेले राष्ट्रघाती महाकाली सन्धीलाई सहयोग गरेको फल भारु लिएको हो । नेपालको प्राकृतिक सम्पदामाथि आक्रमण तीन दलले गरेका छन् । जसले पार्टीमा रामै स्थान पाउँछन् । सांसदको टिकट बेच्छन्, ईश्वर पोखरेल त्यस्ता नमुना हुन सांसद बनेर राष्ट्रको पहिचान देखिन्छ भन्दा कूटनीतिक राहदानी बेच्नेसम्म गरेकै छन् । दलहरू सिद्धान्त र नीतिमा गिरेपछि पैसा प्रधान हुन्छ । संसदीय अभ्यासमा सत्तामा पुग्न र टिक्न पैसाको खेल भयो । लोकतन्त्रले पनि त्यो रूपधारण ग¥यो । एमाले विभाजन गरी नेकपा एस गठन गर्न सहयोग गरेवापत बद्नाम व्यक्ति मन्त्री पद पाएका छन् । राष्ट्रको स्वाभिमान बचाउने हो भने देश डण्ड, अटल हुनुपर्छ । सीमा अतिक्रमण भारतले गर्छ, तर नेताहरू मुख खोल्दैनन । सीमाको आक्रमणमा क्षेत्रीय दलका नेताहरू बोल्दैनन् । सुस्तामा भारतले नेपाली जमीन हडप्छ बोल्ने पहाडका नेता सुस्ताबाट चुनाव जित्ने हृदेशय त्रिपाठी बोल्दैनन् । नेपाली राष्ट्रवाद डलरमा मारमार बिकेको धेरै भयो । दलहरूले नेकपाको प्रगति देख्न चाहनेनन् । तर, नेकपाका नेता इमान्दार थिए भने यो हावा–हुण्डरीको अर्थ थिएन । नेपालको राष्ट्रयतामाथि प्रहार तिनले गरे जसले देशको भन्दा डलरको बाटो हेरेका छन् । अहिले धेरै बिग्रेका कम्युनिष्ट हुन् । त्यस्ता कम्युनिष्टले नत राष्ट्रको हित गरेका छन् । नत जनताको सेवा । नेपालमा राष्ट्रवादी को हो भन्ने कुराको छानविन गर्ने जनताले हो । त चुनावमा पैसा रक्सी र भोजभतेरले सबै अन्धो बनाएछ । कम्युिस्टको नाममा खाने र पार्टी फुटाउने एक्लैले बहुमत ल्याउने घोषणा गरेका छन् । त्यस्ताले भक्ति जगाउँदैनन । विदशी डलरको खेतीमा रमाएका नेताका अगाडि राष्ट्रको नत अस्मिता बढ्छ ।