काठमाडौं । नेपाल निजामती कर्मचारीले जागिरको लागि केन्द्रबाट अन्य दुर्गम जिल्ला वा ठाउँमा जान मान्दैनथे । तर, अहिले कर्मचारीहरू सात वटामध्ये प्रदेश २ को स्थानीय सरकारमा जानको लागि मरिमेटेर लागिपर्ने गरेका छन् । प्रदेश सरकारको मन्त्रालय, मालदार मन्त्रालय तथा मालदार स्थानीय तहमा जान र बस्नको लागि कर्मचारी र नेताको घरदैलो धाउने गरेका छन् । यस्तै प्रदेश सरकारको मुख्यमन्त्रीको चाकडी गर्ने र माल्दार अड्डामा बस्नको लागि लबिङ गरिराखेका छन् । खासगरी प्रदेश सरकारको मुख्य–मुख्य सहरमा जान लागि परेका छन् । पोखरा, विराटनगर, सुनसरी, भैरहवा, लुम्बिनी, लहान, पर्साजस्ता ठाउँमा जानको लागि खेलोफड्को गर्ने गरेका छन् । यसमा पनि भौतिक यातायत मन्त्रालय, मालपोत, नापी, वन, कृषि सहरी, स्थानीयजस्ता ठाउँमा जानको लागि मरिमेटेका छन् । केन्द्र सरकारको मातहतमा बस्ने कर्मचारी चाहिँ स्थानीय सरकारको मालदार अड्डा काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका, यस्तै भौतिक यातायात मन्त्रालय, कृषि तथा भूमिसुधार मन्त्रालयअन्तर्गत मालपोत, नापी, श्रम तथा रोजगार मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय, सहरी तथा गरिवी निवारण मन्त्रालय, भवन विभाग कम्पनी रजिष्टारको कार्यालय, उद्योग विभाग, भन्सार कार्यालयजस्ता ठाउँमा जान नेता र कर्मचारीका नेताको घर–घरमा धाइरहेका छन् । यस्ता कर्मचारी नेता पनि जिम्मेवारीको हिसाबले काठमाडौं बस्न बाध्य भएका छन् ।
नेता नभएको भए कर्मचारी नेता पनि प्रदेश स्थानीय तहमा जान रमाउने थिए । तर, कर्मचारीको नेता भएपछि सात वटै प्रदेशमा संगठनको काम भन्दै केन्द्रको कामको ध्यान नगरी घुमघाम गरेका छन् । कर्मचारीको नेता भएपछि बस्ने खाने, गाडीको सुविधा सबै प्रदेश सरकारका कर्मचारीले गर्ने भएपछि केन्द्रका नेतालाई हाइसन्चो भएको छ । कर्मचारी नेतामा सबैभन्दा बढी युनियनका अध्यक्ष गोपाल पोखरेलको दबदबा चलेको छ । यस्तै, नेकपा समाजवादीका केदार देवकोटाले एमालेको सरकारको पालामा बद्नाम गरेर कर्मचारीमा भाँडभैलो मच्चाएका थिए । अहिले युनियनमा गोपाल पोखरेललाई दबादबाको आरोप लागेको छ भने युयिनका कर्मचारीको दुखेसो चाहिँ राजेन्द्र बुढाथोकीले समाधान गरिदिने गरेको बताएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीमा लागेका ठूला–ठूला स्वर निकाल्ने कामको चाहिँ माखो नमार्ने दुनियामा चाकडी, गाली गर्ने सधैँ पर्यटन मन्त्रालयमा बस्ने मोहन घिमिरेको दबदबा चल्ने गरेको छ । यस्तै राष्ट्रिय कर्मचारी संगठनका हरि रावलले कर्मचारीको वृत्ति विकासको लागि आवाज उठाएको बताएका छन् । उनी मोहन घिमिरे, भोला पोखरेलले गरेको कामको बारेमा कुरा काट्दै हिँडेका छन् । आधिकारिक ट्रेड युनियनका नेता भएका भोला पोखरेलले आधिकारिक टे«ड युनियन हाम्रै भन्दै दाबी गरेका छन् । यस्तै आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष लेखनाथ कोइराला आधिकारिक हाम्रो भन्दै आधिकारिक ट्रेड युनियनको कार्यालयमा ताला लगाएको अवस्था छ । उता ट्रेड युनियनका महासचिव सुबोध देवकोटा आफ्नै तालमा रमाएका छन् । राजनीतिक दलसँगै कर्मचारी संघ भएपछि सेवाग्राहीले दुःख पाएका छन् । कर्मचारी संघले आफ्नो संघका कर्मचारीको भन्दा अन्य राजनीतिक संघका कर्मचारीको दुखेसो प्रागमिकता दिने गरेको गुनासो गर्ने गरिन्छ । कर्मचारी संघले कर्मचारीको गुनासो सुन्दैन, सुने पनि मालदार अड्डामा जान पाउँदैन अनि राम्रो कर्मचारी भएर काम गर्ने अथवा स्वतन्त्र भएको कर्मचारीले ठाउँ पाएका छैनन् । यस्तै राजनीतिक दलको कार्यकर्ता नभएर स्वतन्त्र बसेको व्यक्तिलाई कसैले पनि साथ दिँदैन भने कर्मचारीभित्र पनि स्वतन्त्रता भएका व्यक्तिले ठाउँ पाउँदैन र त्यो कर्मचारीले जहाँ काम गरे पनि त्यस्ता कर्मचारीको मूल्यांकन सरकारले गरेको छैन । यस्तै भएको छ मधेसी कर्मचारी संगठनमा पनि । थ्रेस होल्डले मान्यता नपाएपछि मधेसी कर्मचारीको गुनासो कुनै पनि कर्मचारीले सुन्ने गरेका छैनन् । कर्मचारी संगठनमा बोलबाला चलेको मध्येमा भोला पोखरेल, लेखनाथ कोइराला, हरि रावल, सुवोध देवकोटा, रेवन्त गौतम, पुण्य ढकाल, केदार देवकोटा, मोहन घिमिरेजस्ताको हालीमुहाली चल्ने गरेको छ । अन्य कर्मचारी गुमनाम अवस्थामा रहेका छन् । राजनीतिक दलमा बढी चर्चा हुने नेतामा प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, रामचन्द्र पौडेल, शेखर कोइराला, रामबहादुर थापा, वर्षमान पुन, नेत्रविक्रम चन्दको नाम चर्चामा भएजस्तै कर्मचारीमा पनि चर्चामा रहेका कर्मचारी यस प्रकार छन् । भोला पोखरेल, लेखनाथ कोइराला, सुवोध देवकोटा, हरि रावल, पुण्य ढकाल, गोपाल पोखरेल, केदार देवकोटा, नवरजा जैसी, विश्व बन्धु रेग्मी, राजेन्द्र बुढाथोकी चर्चामा रहेका छन् ।