हार्ने भएपछि पूर्ण समानुपातिकको चर्चा

समाचार

काठमाडौं । मोर्चा बन्न बाम घटकहरूबीच जति सहज छ त्यो रुपमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीमा सम्भव छैन । सिद्धान्त, नीति, विधि र विचारको एकता सम्भव छ । एमालेमा ओली हाबी छन् । माओवादीमा प्रचण्ड हाबी छन् । दुवै नेताको मुखमै कानुन छ । बोली र व्यवहार नै सिद्धान्त मान्नुपर्छ । त्यो नमान्दा नेकपा फुट्यो । माधव–झलनाथले २०७७ फागुन २३ अगाडिको मोर्चा विभाजन गर्न आँटेका भए ओली एक्लिन्थे । ओली माधव र झलनाथभन्दा शाक्तिशाली त्यो बेला बने जुन बेला अदालतले नै एमाले माओवादीबीच पानी र तेल छुट्यायो ।
अहिलेको स्थितिमा चुनावमा जाँदा एमाले बलियो रहँला, नरहँला त्यो नीति, सिद्धान्त, विचार, पद्दतिका कुरा कार्यन्वयन हुँदैन । जसले त्यो कुरा उठायो त्यो कमजोर छ । माओवादी एक्लै चुनावमा जाँदा कतै जित्छ भने गोरखा, रामेछाप, रुकुमा, रोल्पा र बाग्लुङका केही स्थान हुन सक्छ । तनहँुमा एमाले एक्लै २ क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा सम्भव छैन । यो अवस्थामा अध्यक्ष ओलीको गृह जिल्ला झापामा हुन्छ । किनकी ओलीको घमण्ड तोड्न मैनाली बन्धु त्यहाँ छन् । चितवनमा प्रचण्ड, रौतहटमा माधव, झापा ओलीलाई नै चाहिन्छ । बाममोर्चाको आवश्यकताका विषयमा प्रचण्डले जति कुरा उठाए पनि आवश्यकता तीनै नेतालाई छ, जो विभाजित पार्टीका कमाण्डर छन् । अहिलेको स्थानीय तहको मोर्चागत भ्रष्टाचारले देशमा कम्युनिस्ट पार्टीलाई मत आउँछ भन्न सकिँदैन । तर, कुरा बनाउन कम्युनिस्टले सक्छन् कांग्रेसले सक्दैनन् । कांग्रेसमा पनि अध्यनशील टिमले ठाउँ पाउँदैन । देउवा र पौडेलबाट गणेशमान र बिपीको झलक आउँदैन । विचारको लडाइँ थियो भने नेकपाभित्रको संघर्षले पार्टी बलियो हुने थियो । पैसाको खेती त्यहाँ हुन्छ जहाँ जनता मोजमा डुब्छन् डुबाइन्छ । कांग्रेस, राप्रपा, महन्थ पक्षको एउटा मोर्चा एमाले, माओवादी, नेकपा एस, मसालको एउटा मोर्चा भयो भने पूर्ण समानुपातिक प्रतिष्पर्धाले ठाउँ लिन सक्छ । प्रचण्डले उठाएको विषय उन्मुक्त ठाउँ लिएका आफ्नो स्वार्थको अनुकूल विधान बनाएका केपीले स्वीकार्न कठिन छ । किनकी पैसाको खोलो बगाउन यो जमातले सक्छ । जसले राज्यको स्रोतमाथि ४१ महिना दोहन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *