कांग्रेसको कारण वीरको सत्यानास, डा.भुपेन्द्र चुपचाप

समाचार

काठमाडौं । आखिर वीर अस्पताल हो, जहाँ हरेक कुरा डनवाद हाबी भएर निर्णय गर्छ । एमबिबिएस पढ्न चिकित्सा विज्ञान प्रतिष्ठानमा नाम निकाल्न लाखौँ रुपैयाँ घुस खुवाउँछन् । कांग्रेसीका कर्मचारी नेता दिपक मुडभरी हुँदै नभएको बोर्डको निर्णय भयो भनेर रु. ६० लाख असुल्छन् । त्यही काण्डमा जेल पर्दा डा. भुपेन्द्र बस्नेतहरूले जागिर जोगाइ दिए । तर, अहिले डा.भपेन्द्रको टिमविरुद्ध मुडभरी कट्टु खोलेर लागेका छन् । डा. भुपेन्द्र दंग छन् । मन्त्री विरोध खतिवडालाई वीर अस्पतालको भद्रगोल अवस्थाका बारेमा केही थाहा छैन ।
५ वर्षसम्म मेडिकल स्टोर प्रमुख भएर कमाएका राजकुमार तिवारीको मुद्दा पनि अख्तियारमै छ । पैसाले दवेको त्यो मुद्दा सँग नेता दिपक मुडवरी पनि जोडिन्छन् । अहिले तिवारी ल्याव स्टोरमा छन् । मुडभरीले टिकाराम पनेरुविरुद्ध जेहाद छेडेका छन् । पनेरु पनि कालो कांग्रेस हुन् । तर, मुडभरीजस्ता फटाहा चाहिँ त्यति होइनन् । पनेरुलाई मेडिकल स्टोरमा लगेकोमा दीपकलाई मन परेन । काम नगर्ने कर्मचारी नेता भएर पार्टीकै कर्मचारीविरुद्ध समाचार लेखाउन त्यस्ता भ्रष्टाचारी बहादुरलाई गणतन्त्र दिवसको दिन पुरस्कार प¥यो । तर, स्वास्थ्यमन्त्री विरोध खतिवडा आएका छन् । राजकुमारले ल्याव स्टोरमा जान टिस्युका व्यापारीसँग मिलेर कोटसन खरिद गर्दा ठूलै पोको संकलन गरे । दीपकसँग यी मिलेका छन् ।
कांग्रेसको महाधिवेशन पुसमा हुन्छ, तर पैसा उठाउन तिवारी र मुडभरी खटेका छन् । कर्मचारी भर्नाको रूप त्यस्तै छ । इमान्दार कर्मचारीले स्थान पाउँदैनन् । समन्वय शाखाबाट पनेरु मेडिकल स्टोर पुग्दा पनि राजनीतिक दबाब नै प्रयोग भएको हो । मेडिकलबाट खरिदमा पुगेका स्वास्थ्यकर्मी संघका अध्यक्ष खुनराज आचार्य, हुजवान, विजय देउजा सबैले कमाइको स्रोत बुझेकै छन् । दीपकले दिने दुःख वीर अस्पतालको कांग्रेसले सहेका छन् । मुडभरीका औँठाछाप पत्रकार मामा र चरित्रका तित्रामुखको बैरी गिलासवादीहरूको सूचनाको स्रोत उनै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *