एमालेका न्यायाधीशहरू पनि ओलीविरुद्ध उत्रिए

समाचार

प्रधानन्यायाधीश समेत हुने गरी सेटिङ मिलाएर सर्वोच्च अदालतमा नेकपा एमालेले प्रवेश गराएका तीन जना कार्यकर्ताले अहिले नेकपा एमाले तथा अध्यक्ष दाहाललाई उल्टो लोपुवा खुवाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विपक्षमा आफूहरूलाई उभ्याएका छन् । नेकपा एमालेको सक्रिय कार्यकर्ता भएको र नेकपा एमालेको विभिन्न विभागमा बसेर काम गरेका हरिकृष्ण कार्की, सपना मल्ल र हरि फुयाँलले अहिले नेकपा एमाले र यो पार्टीका अध्यक्ष केपी ओलीलाई उल्टो लोपुवा खुवाउँदै आफूहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पदबाट राजीनामा गर्नुपर्छ भन्ने अडान अगाडि सार्दै प्रधानन्यायाधीश राणाले तोकेको इजलास बहिस्कार अभियानम सामेल गराएका छन् । हरिकृष्ण कार्की नेकपा एमालेको अनुशासन समितिको सदस्य भइरहँदा पहिलोपटक प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष ओलीले २०७२ सालमा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए र उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने गरी सेटिङ मिलाएर सर्वोच्च अदालतको न्यायाधीश बनाइएको थियो । यो क्रममा हरिकृष्ण कार्की २०७९ साल मंसिरमा प्रधान न्यायाधीश हुने समयतालिका रहेको छ । तर, अहिलेको विवादको कारण राणाले राजीनामा गरेमा हरिकृष्ण कार्की आगामी असोज महिनामा नै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेछन् र हरिकृष्ण कार्की प्रधानन्यायाधीश हुनुभन्दा अगाडि यो स्थितिमा दीपकुमार कार्कीले सर्वोच्च अदालतको नेतृत्व गर्ने छन् । यसैगरी नेपाली कांग्रेसको कोटाबाट सर्वोच्च अदालतका न्यायाधीश भएका प्रकाश राउत प्रधानन्यायाधीशबाट अवकास पाएपछि एमालेको तर्फबाट सर्वोच्च अदालतको न्यायाधीश भएकी सपना मल्लले प्रधानन्यायाधीश भएर न्यायिक क्षेत्रको नेतृत्व गर्ने छिन् । नेकपा एमालेको तर्फबाट हरिकृष्ण फुयाँलले पनि महान्यायाधिवक्ताको जिम्मेवारीमा पुगिसकेका व्यक्त हुन् । यसैगरी वकालत पेसामा रहेर पनि महिला अधिकारका सम्बन्धमा सक्रिय रहेकी सपना मल्ललाई नेकपा एमालेले पहिलो संविधानसभाको सदस्य बनाएको थियो । यसरी नेकपा एमालेको तर्फबाट विभिन्न अवसर प्राप्त गर्दै सर्वोच्च अदालतमा समेत पुगेका यी तीन जना न्यायाधीश अहिले एमालेका अध्यक्ष केपी ओलीको विपक्षमा खडा भएका छन् । एमाले अध्यक्ष ओलीले आफ्नो सरकार विघटन गरी वर्तमान सरकार गठन गर्ने गरी गत असार १८ गते निर्णय गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशले राजीनामा गर्नु पर्छ भनेर प्रधानन्यायाधीश राणाको बचाउ गरेका थिए । एमाले अध्यक्ष ओलीले यसरी बचाउ गर्नु अगाडि सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको बैठकमा आफूले राजीनामा गर्नु पर्ने अडान आएपछि प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले पनि विवादास्पद भूमिका खेलेको उल्लेख गर्दै सबै न्यायाधीशहरूले राजीनामा गर्नुपर्छ भनेर आफ्नो बचाउ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *