भ्रष्ट डिआइजी ६ महिनामै केन्द्रमा तानिए

समाचार

काठमाडौं । भ्रष्टाचार र बेथितीको चाङ लगाएकाले हलचोक हल्लिएको अवस्था छ । सशस्त्र प्रहरीमा प्रदेश २ का बद्नाम डिआइजी चन्द्रप्रकाश गौतमलाई ६ महिनामै केन्द्रमा तानिएको छ । सशस्त्र बल स्थापना हुँदा सेनाबाट सशस्त्रमा आएका अधिकृतमध्ये शनत बस्नेत आइजिपी भए । अन्य अधिकृतहरु डिआइजी हुँदै एआइजी भएर अवकाश पाए । तर, गौतम भने डिआइजीबाट माथि उठेनन् । प्रदेश २ तस्करीको केन्द्र हो, ठूलो व्यापार, सीमा क्षेत्रको भद्रगोल सशस्त्रको सीमा बोर्डरले मधेशमा प्रभाव पार्दछ ।
त्यही ठाउँमा राजु अर्याल, गणेश ठाडा मगरले कमाण्ड गरेको ठाउँ हो त्यो । संयोगबश अहिले त्यहाँ गणेशलाई पठाउन हलचोक बाध्य भयो । आइजिपी शैलेन्द्र खनाललाई भागशान्ति नदिँदा एक्लै हजम गर्दा गौतम ताएिका हुन् । हलचोकका सहयात्रीहरु कसैले गौतम ठीक भन्दैनन् । झापाबासी भएको हिसाबले एमाले अध्यक्षको नाम जोड्ने डिआइजी गौतमले घुमुवारहित प्रदेश बनाएको प्रचार गरे पनि तस्करी रोक्नुभन्दा बढाएका थिए । सशस्त्रभित्र अर्का डिआइजी बंशी दाहाल पनि बद्नाम भएका थिए । दाहाल एक वर्ष पूर्वी गुल्ममा बसेका थिए । यस दुवै आइजिपी खनाललाई हटाएर एआइजी पुष्पराम केसीलाई आइजी बनाउनुपर्छ भन्दै कांग्रेसले गृह मन्त्रालय पाउनासाथ रातारात काठमाडौं आएर नेताको घर–दैलो चाहारेका थिए । कमाण्ड कन्ट्रोलमा नबस्ने यी दुवै केन्द्रमा तानिएका हुन् । सशस्त्रमा कांग्रेसी कमाण्ड गर्ने पुष्परामले देउवा निवास निकै धाए । बैशाखमा आइजिपी खनालको व्याची सबै घर जान्छन् । पुष्पराम ६ महिना आइजिपी बन्दा नारायणदत्त पौडेल, राजु अर्यालमध्ये एक आइजिपी बन्ने हँुदा सिपी गौतमको बिलय भइसक्छ । त्यही कारण उनले प्रदेश २ मा परेर कमाउन सफल भए । त्यहाँ गौतम अगाडिका डिआइजी बज्राचार्यलाई पनि तस्करीले नै तानेको हो । सशस्त्रभित्र सरुवा, बढुवा बाँकी छ । तर, गृहमन्त्रीको ध्यान भने ठूला–ठूलालाई मोल–मोलाई गर्दै खेलाउनु मै छ ।
सशस्त्रका सीमा बोर्डर आउट पोष्ट मार्नका लागि घुस चल्छ । प्रदेश २ का बारा, पर्सा, रौतहटजस्ता ठाउँ भ्रष्टाचारको केन्द्र्र तस्करीको स्वर्णकाल मानिन्छ । डिआइजीहरु त्यहाँ पर्न आइजिपीलाई राम्रै दाम चढाउँछन् । आइजिपी शैलेन्द्र खनालले कोषराज वन्तको पालामा २ पटक बारामा कमाण्ड गरेका थिए । त्यो ठाउँमा भनेको तस्करी, भन्सार छली गरेर सीमा वारपार हुने क्षेत्र हो । तस्करीले सिपीलाई तान्यो, गणेश ठाडा मगर एसएसपी हुँदाको अनुभव पूरा गर्न अधिकृतमा पर्छन । सशस्त्रको खेलो फड्को त्यसमै केन्द्रित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *