माओवादी केन्द्रमा पनि लडाइ“

राजनीति

काठमाडौं । मंसिरसम्म जनवर्गीय संगठनको महाधिवेशन गर्ने गरी नेकपा माओवादी केन्द्रले गरेको तयारीसँगै नारायणकाजी श्रेष्ठको समूह र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहको कित्ता छुटिएको छ । यो छुट भिन्नमा प्रचण्डका निकट मानिएका कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन एकै प्रदेशका भएकाले पनि प्रचण्डलाई मिलाउन कठिन छ । नारायणकाजी जता पनि मिल्ने अवस्था छ । काजीको तर्फबाट शशी श्रेष्ठ भूमि सुधारमन्त्री भएकै छन् । तर, माओवादीको एकतालाई चढाउने र बढाउने काम भएको छ । माओवादीबाट छुटिएका नेत्रविक्रम चन्दको क्रान्तिकारिता ध्वस्त भएको छ । केपी ओलीसँगको साँठगाँठमा नेत्रविक्रमको एकता हुँदैन । एमालेका अधकल्पा दशमाइएका त्यही बिजोक हुँदैन । मोहन वैद्यलाई एकतामा ल्याउनु र मोहन विक्रमलाई नेता मान्नु त ठीकै होला, तर यिनीहरुबाट कम्युनिस्ट आन्दोलन रक्षा हुँदैन । कुरा क्रान्तिकारी व्यवहार भ्रष्टवादी हुँदा मोहनविक्रम सकिएका हुन् ।
विचारले पेट भर्दैन, दुई वर्षसम्म वैद्यको पछि लागेर माखो नमार्दा रामबहादुर थापाको नेतृत्वमा पम्फा भुषालहरु माओवादीमै फर्किए । यिनकै टिमका लोकेन्द्र केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री भए । रामबहादुर केपी ओलीका पछि लागेका छन् । संशोधनवादको भड्खालोमा थापा जाकिएका हुन् । पम्फा भुषाल ऊर्जामन्त्री छिन् । हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, राम कार्कीको टिम मन्त्री नपाउनेमा प¥यो । अहिले माओवादी एकता अभियानको दाम्लो भने प्रचण्डको हातमा छ । प्रचण्डले एमालेका ओली सप्रेको खण्डमा पुन एकता हुने बताउन थालेका छन् ।
माधव नेपालसँग माओवादीको चुनावी गठबन्धन मात्र होइन एकतासमेत हुने सम्भावना छ । ओली पथमा कम्युनिस्ट सिद्धान्त र नीति नभएको अवस्थामा विभाजन भएका वाम शक्ति एक हुनु नौलो होइन । देशको परिवेशअनुसारको बाध्यता हुँदैछ । लडाइँ माओवादीको अन्तर पार्टीमा पनि छ । त्यो कलह सरकारी राज नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *