काम गर्नुपर्ने बेलामा नेतृत्वविहीन वाणिज्य विभाग

समाचार

काठमाडौं । दशैं तिहारजस्ता महत्वपूर्ण चाडबाडको मुखमा सरकारको एउटा महत्वपूर्ण वाणिज्य विभाग नेतृत्वविहीन रह्यो । विभाग नेतृत्वविहीन हुँदा मूल्यवृद्धि अकासियो । उद्योगमन्त्री नियुक्त हुन नसक्नु, सचिवहरूको गैह्र जिम्मेवारीपनाको कारण चाडबाडको समयमा बजार अनुगमन शून्यजस्तै रह्यो । विभाग मात्रै होइन विभागको अनुगमन शाखाको निर्देशकको पनि सरुवा गरियो । स्रोत भन्छ, विभागलाई निश्चित व्यापारीको डिजाइनमा नेतृत्वविहीन बनाइयो । त्यही बेला मन्त्रालयका तीन जना सचिव बरण्डामा थन्काइए । जिम्मेवारीविहीन बनाइयो । महिना दिन अघि सरुवा भई केन्द्रमा आएका सह–सचिवत्रय राधिका अर्याल, बाबुराम गौतम र गोविन्द कार्की कामविहीन भए । हाजिरी गर्ने घर फर्कने दैनिकी बन्यो । सोही समयमा वाणिज्य विभाग नेतृत्वविहीन थियो । यस्तो समयमा वाणिज्य सचिव दिनेश भट्टराई चाहिँ भारत शयरमा निस्किए ।
वाणिज्य विभागमा रहेका महानिर्देशक प्रकाश अधिकारी दशैंभन्दा अघि सेटिङ राजस्व अनुसन्धान विभागमा पुगेसँगै वाणिज्य विभाग नेतृत्वविहीन रह्यो । सो विभागमा जानका लागि कर्मचारी मरिहत्ते गर्छन् कारण यो भन्सार जतिकै आकर्षक थलो हो । त्यहाँको अनुगमन र आयात निर्यात शाखा मालदार शाखाको रूपमा चिनिन्छ । उसो त यसअघि विभागले गर्ने अनुगमन पनि पैसा उठाउने माध्यममात्र बनाइएको चर्काे आलोचना हुँदै आएको छ । बाहिरबाट जनशक्ति झिकाएर अनुगमन गराउने प्रवृत्तिले विभागको अनुगमन माथि नै प्रश्न उठ्न थालेको देखिन्छ । न लोकसेवा पास गरेका हुन् न बजार अनुगमन सम्बन्धमा कुनै ज्ञान नै छ । मात्रै अनुगमनका नाममा पैसा उठाउने, बार्गेनिङ गर्ने दक्षता भए पुगिहाल्छ । त्यहाँका कर्मचारीका अनुसार, आयात निर्यात र अनुगमन शाखाका कर्मचारीहरू न कम्प्युटर चलाउन जान्छन् न उनीहरू खाजा खान नै बाहिर निस्किन्छन् । बाहिर निस्किदा अरु नै कर्मचारी आएर बसिदिन्छ कि झै गरी कुर्सी नै रुघेर बस्छन भने अनुमगन शाखाका कर्मचारीहरू ११ बजेतिर अनुगमन गर्न निस्किए भने २ बजेतिर अनुगमन सकेर सिधैं घर पुगेर ठाडा खुट्टा लगाउछन । योभन्दा सुखको जागिर कहीँ भेटिदैन भन्छन् कर्मचारीहरू चाहिँ । मन्त्रालयका करारमा कर्मचारीहरू पैसा उठाउने खेतालाका रूपमा परिचित छन् । त्यहाँ कार्यरत करारका कर्मचारीहरू पनि सरुवा हुन्छन् । वाणिज्य विभाग, यातायात कार्यालयहरूमा करारमा कार्यरत कर्मचारीमार्फत पैसा उठाउने धन्दा नै चल्छ । यदी करारका कर्मचारी फसिहाल्यो भने त्यो विभाग वा कार्यालयबाट हटाउने र अर्को कार्यालयमा सरुवा गर्ने, यसो हुँदा ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने ।’ यही धन्दा वाणिज्य विभागमा पनि देखिन्छ । यो विभागमा चाहिनेभन्दा बढी निर्देशकहरू थुपारेको देखिन्छ । विभागका एक शाखा अधिकृत भन्छन् ‘फर्म शाखाको निर्देशक दिनभरि के काम गरेर बस्छन थाहा हुँदैन रे ।’ फर्म नवीकरण, संशोधनदेखि एक करोडसम्मका सबै कामहरू शाखा अधिकृतबाट टुंग्याउने गरी अधिकार प्रत्यायोजन गरिएको छ । कुनै पनि काम निर्देशकसम्म पुग्दै पर्दैन, तर निर्देशक पद चाहिँ राखिएको हुन्छ । सबै उपसचिवहरूलाई काठमाडौं नै बस्नुपर्ने सबैलाई कमाउन पर्ने सुविधा अरुको भन्दा बढी चाहिने अनि दरबन्दी किन नराख्ने भनेर विभागमा पाँच–पाँच जना प्रशासनका निर्देशकहरू राखिएको छ ।
फर्म शाखाम मात्रै यस्तो शाखा हो जहाँ दलाल र दलालका पनि एजेन्टहरू आउछन् । कर्मचारीलाई हप्काउने र दप्काउने गर्छन् । विभागमा पुतलीजस्तो बनेर आउने कर्मचारीहरू यही शाखामा ठोकिन्छन । जसको पावर हुँदैन उसैलाई यही शाखा भिडाउने हो । यो शाखाको न कार्पेट फेरिन्छ न सरसफाई नै । कम्प्युटरदेखि टेबुलमा धुलैधुलो हुँदा सफाइ समेत गरिँदैन । सफाइ गर्ने कसले हो भन्ने कर्मचारीलाई समेत थाहा हुँदैन ।
त्यहीका एक अधिकृत भन्छन, ‘सामान्यबाट फाजिलमा रहेका महिला विकासका कर्मचारी ल्याएर बजार अनुगमन गरेपछि त्यसाले कहाँबाट नजिता दियोस त ? नतिजा दिन त विभागका योग्यतम कर्मचारी र त्यस मध्येबाट टिम खडा गर्नुपर्छ । तर फेरि टिम खडा गर्दा टिममा उही कप्प्युटर खोल्न नआउने हाकिम रिझाउन माहिर कर्मचारी नै पर्ने हुन यसमा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *