रेग्मीको हर्कतले पर्यटन क्षेत्रको निहु“रियो शिर

समाचार

योगेश भट्टराई पर्यटनमन्त्री हुँदा कतिसम्म भ्रष्ट र विवादित मान्छेलाई च्यापेका रहेछन् भन्ने अहिले प्रष्ट हुँदैछ । योगेशकै पालामा नियुक्त भएका नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी । जो योग्यसमेत थिएनन् सिइओ नियुक्तिका लागि । मापदण्डअनुसार बोर्डको सिइओ बन्न १० वर्ष पर्यटनको क्षेत्रमा लगातार काम गरेको हुनुपर्ने भनिए पनि रेग्मीसँग पर्यटनको क्षेत्रमा काम गरेको अनुभव थिएन । गाडी व्यवसायीलाई टपक्क टिपेर सिइओ बनाउँदा र उनको पछिल्लो हर्कतका कारण पर्यटन उद्यमी व्यवसायीकै शिर निहुरिएको छ । पर्यटन बोर्ड विगतमा सुवास निरौला टाइपका भ्रष्ट कर्मचारीहरूको कारण बद्नामी कमाएको संस्था हो । त्यहीका सिइओ बनाएर पठाइएका थिए रेग्मी । जसले भाइटीकाकै दिन विदेशबाट फर्कदा नासु तहका कर्मचारीमाथि हातपात गरेपछि उनी अहिले चर्काे आलोचना मात्र खेप्दैछैनन् । सोमबारमात्र पर्यटनमन्त्री प्रेम आलेले उनीसँग तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनेका छन् । तर, पर्यटन बोर्डको नन्दीनी लाहेहरू चाहिँ रेग्मीको बचाऊमा निस्किएका छन् । रेग्मीले बोर्डमा रहँदा के–के अनियमिता गरेका थिए ? बोर्ड स्रोतकै कर्मचारीले तामाकोशी सन्देशलाई उपलव्ध गराएको विवरणअनुसार, उनको भ्रष्टाचारीसँग हितैषी सम्बन्ध थियो । यस अघि आफ्नो कार्यकक्ष निर्माणमा ३० लाखभन्दा बढी खर्चिएको खबर हामीले प्रकाशन गरेका थियौँ । उनले ३० लाख रुपैयाँको सामान आफन्तको फर्निचरबाट किनेर ल्याएका थिए । उनको भ्रष्टसँग हातेमालो थियो भन्छन् कर्मचारीहरू । चुणामणी शर्मादेखि नारायण रेग्मीसम्म । शर्मा हालैमात्र विशेष अदालतबाट चोख्खिएका छन् भने ललितपुर नापी कार्यालयमा उनका नातेदार पर्ने नारायण रेग्मी हाकिम हुँदा नारायण रेग्मीले गलत बाटोबाट आर्जन गरेको सम्पत्ति व्यवस्थापन पनि धनञ्जय रेग्मीले नै गर्दै आएको कर्मचारी सुनाउँछन् । यसका अलवा जिआइएस डाटा प्रोजेक्ट सञ्चालन गर्न ५ करोड रकम छुट्टाइएकोमा त्यसमा समेत चरम अनियमितता भएको कर्मचारीहरूको भनाइ छ । यस्तै भ्रष्ट हाकिमका कारण पर्यटन बोर्ड ओरालो लाग्दै छ भने केही अघि नेपाल वायु सेवा निगममा समेत कुनै समय यौनदूराचारमा डामिएका व्यक्तिलाई अध्यक्ष बनाइएको छ । नेपालका सरकारी संस्थाहरू त्यसै डुबेका चाहिँ होइनन् । यस्तै मति भ्रष्टहरूले नियुक्ति पाएको कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *