एमालेको नेतृत्व ११औँ महाधिवेशन पनि नयाँ पुस्तामा

राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको १०औँ महाधिवेशन आजको ९ दिनपछि चितवनको सदरमुकाम भरतपुरमा हुन गई राखेको छ । सरकारमा रहेका सबै दलहरूले आफूलाई एक्लो पार्न थालेको निष्कर्ष निकाल्दै नेकपा एमालेका शीर्ष नेताहरूले १०औँ महाधिवेशनलाई विशेष रूपमा सम्पन्न गर्ने निधो गरेका छन् । यही कारणले गर्दा दोहो¥याएर पार्टी अध्यक्ष नहुने पटक–पटक प्रतिबद्धता जनाउँदै आएका केपी ओली सर्वसम्मतिबाट दोस्रो कार्यकाल अध्यक्ष हुने लगभग निश्चित भएको छ । पछिल्लो दिनमा अध्यक्ष मात्र होइन, १५ जना पदाधिकारीलाई नै सर्वसम्मतिबाट चयन गर्ने गृहकार्य समेत नेकपा एमालेको शीर्ष नेतृत्वले गरी राखेको छ ।
यस क्रममा अध्यक्ष पछिको वरियता क्रममा पहिलो स्थानमा रहेको वरिष्ठ उपाध्यक्षका लागि रामबहादुर थापा बादल, ईश्वर पोखरेल र सुवास नेम्वाङ प्रमुख प्रतिष्पर्धी देखिएका छन् । पार्टी विधानअनुसार दुईपटक भन्दा बढी एउटै पदमा बस्न नपाउने भएपछि ईश्वर पोखरेल महासचिवमा उम्मेदवारी दिन नपाउने स्थितिमा पुगेपछि उनले वरिष्ठ उपाध्यक्ष तोकका हुन् । यसैगरी संसदीय दलमा उपनेता रहेका सुवास नेम्वाङले त्यही आधारमा आफू पार्टीको वरिष्ठ उपाध्यक्ष हुनुपर्ने दाबी गरी राखेका छन् । माओवादी केन्द्रलाई परित्याग गरेर नेकपा एमालेमा आएका र नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा गठन भएको अवस्थामा उत्पन्न भएको विवादमा आफूलाई समर्थन गरेको आधारमा र माओवादी परित्याग गरेर आएका अन्य नेतामा समेत सकारात्मक सन्देश पु¥याउनका लागि अध्यक्ष केपी ओली माथि रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने अवस्था रहेको छ । तर, यी तीन जना मध्ये पार्टीको वरिष्ठ उपाध्यक्ष को हुन्छ भन्ने चाहिँ महाधिवेशन सुरु भएपछि मात्र स्थिति स्पष्ट हुने देखिएको छ । तर, संशोधित विधानअनुसार पार्टीको वरिष्ठ उपाध्यक्ष जो भए पनि ११औँ महाधिवेशनबाट उनीहरूले पार्टीको नेतृत्व भने गर्न पाउने छैनन् । किनभने नेकपा एमालेको संशोधित विधानअनुसार ७० वर्ष पुगेका नेतालाई जिम्मेवारी नदिने प्रावधान संशोधित विधानमा राखिएको छ ।
११औँ महाधिवेशनपछि नेकपा एमालेको नेतृत्व अब चयन हुने महासचिवले सम्हाल्ने स्थिति देखिएको छ । महासचिवका लागि अहिले शंकर पोखरेल, घनश्याम भुसाल, विष्णु पौडेल, प्रदीप पौडेल प्रमुख प्रतिष्पर्धी देखिएका छन् । यी मध्ये शंकर पोखरेल अबको १०औँ महाधिवेशनबाट महासचिव हुने र ११औँ महाधिवेशनबाट पार्टीको अध्यक्ष हुने सम्भावना बढी रहेको देखिन्छ । पार्टी अध्यक्ष ओलीसँग निकटको सम्बन्ध रहेको र तत्कालीन नेकपा एमालेको सचिवालयमा विवाद हुँदा र माधव नेपालसँग पनि त्यसैगरी विवाद हुँदा ओलीको पक्षमा कडा रूपमा प्रस्तुत हुँदै आएको र ती विवाद समाधान गर्नका लागि आफ्नो तर्फबाट अधिकतम् प्रयास गरेको सँगै राष्ट्रपति विद्या भण्डारीसँग पनि राम्रो सम्बन्ध भएको कारण ११औँ महाधिवेशनबाट केपी ओलीले नेतृत्व छाडेपछि शंकर पोखरेल एमालेको नेतृत्वमा पुग्ने सम्भावना बलियो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *