राजदूत बन्न लबिङ सुरु

समाचार

काठमाडौं । अझैं २० देशमा राजदूतको पद खाली छ । त्यहाँ को, कसलाई पठाइएला भन्ने चासो छ । चर्चा व्यापक छ । यस अघि १२ वटा मुलुकबाट राजदूत फिर्ता बोलाइएसँगै २३ वटा मुलुक राजदूतविहीन बनेको थियो । जसमध्ये भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस भएका छन् । पूर्ववर्ति ओली सरकारका पालामा भारतका लागि निलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि युवराज खतिवडालाई राजदूत बनाएर पठाइएको थियो । उनीहरूलाई फिर्ता बोलाएर डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्री अमेरिकाको राजदूत नियुक्त भएका छन् ।
अहिले परराष्ट्र सेवाबाट ब्रसेल्स, न्यूयोर्क, जेनेभा, पेरिस, बैंकक, अबुधाबी, ओटवा, बर्लिन, कुवेत सिटीमा राजदूत छन् । रिक्त रहेको स्थानमा समेत कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी राजनीतिक नियुक्तिबाट राजदूत नियुक्त गरिँदै आएको छ । तीन देशमा राजदूत नियुक्त भइसकेको छ । बाँकी रहेको २० स्थानमध्ये सात स्थानमा परराष्ट्रका कर्मचारीहरूले दाबा गरेका छन् । यदी सोहीअनुसार राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाइएमा परराष्ट्र मन्त्रालयबाट बढीमा सात र कम्तिमा ६ जना राजदूत बन्ने छन् ।
प्रवल दाबेदारहरूका रूपमा कृष्णचन्द्र अर्याल, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री, घनश्याम भण्डारी, दुर्गाबहादुर सुवेदी, लोकबहादुर थापा, सुशीलकुमार लम्साल, धनबहादुर ओली, प्रकाश सुवेदी र सुधीर कुमार भट्टराईलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *