सिटौला अलमलमा, प्रकाशमान नहट्ने देउवा र डा.शेखर बीचमै प्रतिष्र्धा

राजनीति

काठमाडौं । आखिरमा नेपाली कांग्रेसको कोइराला परिवार एक भएको छ । डा.शशांकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले नपत्याएपछि उनी मुन्टिएर डा.शेखरको शरणमा पुगेका छन् भने भ्रष्टाचारमा चर्चित बोलीको ठेगान नभएकी सुजाता कोइारला पनि दाजु शेखरकै शरणमा पुगेकी छन् । सरकार पक्षधर कांग्रेसहरूभित्र कृष्ण सिटौला र डा.शेखरको प्रतिनिधि मन्त्री परिषद्मा पुगेपछि रामचन्द्र डा.मिनेन्द्र रिजाललाई आफ्नो पक्षमा पर्नु परेको छ । डा.रिजाल पहिलो मन्त्री हुँदा सिटोलाको कोटामा भएका थिए । अहिले पौडेलको टिमा परेका हुन् ।
शेरबहादुर देउवाले पार्टी फुटाउँदा क्रेनले ताने झैं एकाएक केन्द्रीय सदस्य भएका रिजालको गृह जिल्ला मोरङका कोइराला समूहकै दबदबा थियो । उनी त्यो परिवारमा प्रवेश नगरी चुनाव जित्ने सम्भावना थिएन । यस पटक रिजाल महामन्त्रीका दावेलदार हु्न । डा. शेखरको टिममा गगन थापा महामन्त्री बन्दै छन् । डा. शेखरसँग क्षेत्रीय, जातीयताको हिसाबले जनजाति, दलित, मधेस समुदायको टिम छ । डा.शेखरका पछि युवा टिम पनि छ ।
चन्द्र भण्डारी, बद्री पाण्डे, गुरु घिमिरे, सरिता प्रसाई, जीवन परियार, धनराज गुरुङ, रामकृष्ण यादव, किरण यादव, दिलेन्द्रप्रसाद बडु, अमरेश कुमार सिहंको टोली मैदानमा उत्रेको छ । शंकर भण्डारी पनि छदैछन् । रामचन्द्रलाई प्रकाशमान सिंहले समेत नछाड्ने अवस्था आउँदा प्रतिष्पर्धा देउवा र डा.शेखर बीचमा हुने देखियो । उनले लामो समयदेखि कार्यालय खोलेर सम्पर्क विस्तार गरेका छन् । बालु्वाटारमा डा.शेखरको सम्पर्क कार्यालयमा कार्यकर्ता आउजाउ निकै छ । उनले प्रदेश तह र जिल्ला क्षेत्रभित्र आफ्नो पकड बलियो बनाएका छन् ।
सभापतिका दाबेदार ठानिएका सिंह र सिटौला बीचमा पनि एक ठाउमा आउने बाटो बनेको छैन । विमलेन्द्र निधिले कार्यलय खोलेर तमकझमक देखाएका छन् । देउवाको निवास बालुवाटारमा निकै हलचल आयो । निधि र देउवाबीचको टसल ०७३ सालमा प्रहरी महानिरीक्षक बनाउने बारेमा विवाददेखि सुरु भएको थियो । देउवासँग निधि मात्र होइन गोपालमान श्रेष्ठले समेत असन्तुष्टि जनाएका छन् । श्रेष्ठ कांग्रेसमा प्रवेश पाएका व्यापारी थिए । प्रहरी र सेनालाई राशन सप्लाइ गर्ने गोपालमान श्रेष्ठ ०४१ सालमा जेल परेका थिए । राशन ठेक्कामा उनको कैफियत भएपछि जेल पर्दा कांग्रेस नेताहरूको सम्पर्कले कांग्रेसमै प्रवेश गरे । स्याङ्जाबाट राजनीति गरेका थिए उनले । गृह जिल्ला भने श्रेष्ठका लागि असहज छैन । त्यहाँ रातो पासपोर्टको व्यापार गर्ने धनराज पनि देखिएका छन् ।
शेरबहादुरले आफ्नैबाट साथ पाएका छैनन् । सरकारमा छँदा देउवाले एकलौटी गरेपछि विवादमा परेका हुन । देउवाकै गृहजिल्ला डडेलधुरामा पार्टीले सिफारिस गरेभन्दा धेरै कार्यकर्ता बालुवाटार र बूढानीलकण्ठभित्र छिरे । पार्टीको नेतृत्वले विरोध ग¥यो । लामो समयसम्म देउवाले च्यापेका कर्ण मल्ल विद्रोहमा उत्रेका छन् । डडेलधुराको छर्रा बालुवाटार र बूढानीलकण्ठमा लागेको छ । काग्रेसलाई पुरानै ठाउँमा ल्याउने उद्घोष गरेका शेरबहादुरलाई यस पटक सहज छैन । देउवाका अगाडि विमलेन्द्रले विद्रोह गरे पनि गृह जिल्लाको समस्या त छदै छ । कल्याण गुरुङ, गोपालमान श्रेष्ठहरूको गुनगुन कति पैसामा मिल्छ थाहा छैन । देउवाले यस्तालाई किन्न सक्छन् । निधिको लडाइँ विजय गच्छेदारलाई देउवाले च्यापे भन्ने हो । पौडेललाई बोक्ने मात्र हुन उपलब्धी शून्य छ । अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि बाध्यतावस डा.शेखरलाई सहयोग गर्नु पर्ने अवस्था छ । नुवाकोटमा केसी र डा.महत समूह गाउँपालिकास्तरमा सोतर भएको छ । २७ गतेको निर्वाचनमा प्रदीप पौडेल बालुवाटारमा प्रवेश गरेका छन् । शेखरलाई मंसिरमा अधिवेशन गर्नु छ । जिल्ला हेरेर कार्यकर्ता भेटघाट गर्न नसक्ने बूढानीलकण्ठ, बालुवाटार, बोहाराटार र सानेपा यताउता गर्दैमा मतदाता कसरी देउवा र पौडेलको पक्षमा हुन्छ । जबकी शेखरले दुई समूह बोलचाल नभएका कार्यकर्ता मिलाउने उनी मात्र हुन् । ७७ जिल्ला पुगेर कार्यकर्ता भेटघाट गर्ने नेता महाधिवेशनमा यिनले सहजै चुनाव जित्ने दाबी गर्नु अनौठो होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *