महँगी बढाउने सरकारकै योजना

समाचार

काठमाडौं । जनताको सेवाभन्दा कमिशन र विचौलिया हाबी भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारकै पालामा झै हिँडेको नेपाली कांग्रेस नेतृत्वको शेरबहादुर देउवा सरकारले पेट्रोलियम पर्दाथमा निरन्तर मूल्य वृद्धि गरिरहेको छ । नेपाल आयल निगमलाई १५ दिनमा ३ अर्ब १५ करोड घाटा भएपछि ग्यासमा प्रतिसिलिण्डर ७५, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ का दरले वृद्धि ग¥यो । कात्तिक १६ गते यता मात्र ग्यासमा प्रतिसिलिण्डर रु. १२५ मूल्य वृद्धि गर्दा निगमको बोर्डलाई सरकारले खबरदारी गरेन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पनि छैन । वामपन्थी दल सहभागी दक्षिणपन्थी कांग्रेस र जसपासमेतको सरकार देशमा छ ।
एमाले अध्यक्ष केपी ओलीलाई सत्ताको मात लाग्यो ओलीकै दास सबै नबन्दा पार्टी फुट्यो । सरकार ढल्यो । कांग्रेसलाई प्रधानमन्त्री सुम्पेका माओवादी र नेताका समाजवादीलाई बजारमा महँगी बढेको पत्तै छैन । कालोबजारी जागेको छ । उपभोक्ता वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले अनगुमन गर्दैन । बजार अनुगमन गर्नु अगाडि नै विभागका कर्मचारीले व्यवसायीहरूलाई जानकारी गराउने गर्छन । कर्मचारी वर्गमा समेत राष्ट्र र जनताप्रतिको जिम्मेवार बोध छैन । राज्य चलाउनेहरू विचौलियाको सहयोगी बन्नु भन्ने कुरा देउवा सरकारले र ओली सरकारले लागू गरेको महँगी बढाउने कमिशन र विचौलिया प्रथाको अन्त्य गर्न नसक्नु हो । यो सरकार कार्यकर्तालाई जागिर खुवाउने मात्र केन्द्रित छ । १९ देशका राजदूतहरू एक दिनको निर्णयले फिर्ता गर्नु दलीय छलफलबिना भारत, बेलायत र अमेरिका का राजदूतहरू सिफारिस गर्नुले छर्लङ्ग पार्छ । महँगी र भ्रष्टाचार नियन्त्रणतर्फ सरकारले ध्यानै दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *