आफ्नै सचिव खोज्दैमा मन्त्री हैरान

समाचार

काठमाडौं । प्रशासनिक क्षेत्र निष्पक्ष छैन । कुनै दलका सरकारले पनि देखाएन । लोकसेवा लड्ने शाखा अधिकृत उपसचिव सहसचिव पदमा नाम निकालेर नियुक्ति लिएकाहरू नै सरकारको सचिव हुन्छन् । सरकारले सचिव नियुक्ति गर्छ, तर राजनीतिक दलहरूले प्रशासनिक क्षेत्र निष्पक्ष देखिएन । नेकपाको सरकारको समयमा पनि निष्पक्ष थिएनन् । कर्मचारी संगठनका नेताको छनोटमा सचिवको छनोट हुने ग¥यो, अहिले देउवा सरकारका मन्त्रीहरू पनि भनेको मान्ने सचिवको खोजीमा छन् ।
मन्त्री नयाँ थपिनासाथ भनेको मान्ने सचिवको खोजीमा हुन्छ । पछिल्लोपटक स्वास्थ्य, शिक्षा, सञ्चार, वन, भूमि सुधार, महिला बालबालिका, श्रम, भौतिक, पूर्वाधार, संसदीय मामिला, पर्यटन, खानेपानी, कृषि मन्त्रालयमा नयाँ अनुहार मन्त्री बनेर आएका छन् । ती मन्त्रीहरूको काम भनेको ठेक्कापट्टा लगाउने मै केन्द्रित छ । मन्त्रीहरू आफ्नै पार्टीप्रति जिम्मेवार छैनन् । नेताको निर्देशन तीनले मान्दैनन् । पार्टीभन्दा गुटलाई प्राथमिकता दिइयो ।
अहिले विवादमा श्रम र पर्यटनमन्त्री परेका छन् । प्रेम आले, किसान श्रेष्ठ राजनीतिक पृष्ठभूमिका होइनन् । पैसा पेलेर राजनीतिक पृष्ठभूमि नभए पनि मन्त्री बनेका हुन् । पैसा पेलेर राजनीतिमा आएका उनीहरूलाई कमाउनु छ । ठेक्कापट्टामा तीनको ध्यान छ । मन्त्रीहरूले दलीय एजेण्डा पनि स्वीकारेको देखिन्न । जसपाले आफैनिकट मधेसी पृष्ठभूमिका खोज्ने हो भने त्यो पार्टीका लागि छुटा प्रशासन आवश्यक छ । एमालेबाट चोइटिएको नेकपा समाजवादी नै मन्त्रीबाट बद्नाम हँुदैछ । किनकी मन्त्री बन्नकै लागि प्रेम आले र किसान श्रेष्ठले एमाले त्यागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *