अख्तियारका जयबहादुरको जागिर धरापमा

समाचार

काठमाडौं । राजनीतिक अध्यादेशबाट ६ सदस्यलाई ३ सदस्य भए पुग्ने कानून ल्याएर स्थापित भएको संवैधानिक परिषद्ले गरेका नियुक्तिले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै अल्मल्याएको छ । सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको जागिर बचाउने र हटाउने विषयले कात्तिक १७ बाट विवाद सुरु भएको छ । राणालाई साथ दिनेमा एमाले अध्यक्ष केपी ओली एकातिर सत्ता गठबन्धन न अर्काेतिर हुँदा न्यायालयमा उचित निकासको बाटो खुलेको छैन । रामचन्द्र पौडेल चोलेन्द्रको विरुद्धमा छन् ।
अहिले देउवाले पनि समस्या जहाँबाट पैदा भयो समाधान त्यही खोज भन्दैछन् । सत्ताले असंवैधानिक बाटोबाट तायार गरेको बाटोबाट हिँडेका जयबहादुर चन्दहरूको जागिरसमेत धरापमा परेको छ । चन्दलाई आइजिपी बनाउन डा.आरजु राणाले लिएको पैसा फिर्ता गरिनन् । बरु विवादमै भए पनि संवैधानिक परिषद्लाई पंगु बनाएर आयोगहरूमा गरिएका नियुक्ति धरमराएका छन् ।
सर्वाेच्चको विवाद समाधान गर्न राष्ट्रिय मानवअधिकार आयोगको अगुवाइमा विभिन्न आयोगका अध्यक्षहरूले विज्ञप्ति प्रकाशित गर्नु भनेको आफूलाई सहयोग गर्न तत्कालीन प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रप्रति साथ दिनु हो । यता सर्वाेच्चका विवादित न्यायाधीश कुमार रेग्मी पनि जोडिन्छन् । शेरबहादुर देउवालाई संविधानको धज्जी उडाएको विषयले ध्यान दिएन । उनी दोस्रोपटक सभापति बन्ने भन्दैछन् । उनलाई सिध्याउने यस्तो मुद्दाहरू प्रशस्त छन् । कांग्रेसभित्र अदालतको मर्यादा राख्नेभन्दा स्वार्थमा दौड्ने टिम बलियो छ । डा.आरजु देउवाले आफ्नै भाइहरू खटाएर गर्ने स्वार्थको धन्दासमेत संसद चलेको बेलामाभन्दा संसद नचल्दा सार्वजनिक बहस र छलफलमा आएका छन् ।
देउवाले गठबन्धनका सरकार चुनावसम्म रहन्छ भन्दा पार्टीले साथ दिएन । कांग्रेस र एमाले एक्ला–एक्लै भिड्ने शक्ति हुन् । तर, यहाँ प्रचण्डलाई कांग्रेसले बोक्नै पर्ने वातावरण बनाइँदैछ । कांग्रेसका सभापति देउवाले तयार गरेको त्यो व्यवहारको विरोध गरेका छन् । कांग्रेसभित्र देउवालाई बोकेका विमलेन्द्र निधिलाई छाडेर भ्रष्टाचारी नेता विजय गच्छदार बोक्दा गोपालमान श्रेष्ठ, कल्याण गुरुङसम्म देउवासँग टाढिएका छन् ।
आफैै पार्टी भित्रको टिम मिलाउन नसकेकोले देशको भद्रगोल मिलाउँछ भन्ने विश्वास गर्ने ठाउँ छैन । एमाले अध्यक्ष केपी ओलीलाई सान नचढेको भए शेरबहादुरजस्तो प्रतिगमनको मतियारले लोकतान्त्रिक गणतन्त्रको सत्ता पाउने अवस्था थिएन । ओलीको घमण्डको कारण देउवा ‘वयलगाडा चढेर सिंहदरबार’ पसेका हुन् । देउवा हराउ अभियानमा डडेल्धुराका कांग्रेसी नै सानेपामा अनसन बस्दै गर्दा रामचन्दै पौडेलको विवेक फुरेन । पौडेलले कोइराला परिवारले नै साथ नदिएपछि त्यही परिवारका सदस्यहरूमध्ये डा.शेखरलाई अगाडि सार्नुपर्ने थियो ।
कांग्रेसभित्र सर्वाेच्च अदालतको विवाद नै जोडिएको छ । शेरबहादुर देउवाको टिमले त्यो बेला ओली सरकारसँग भागवण्डामा संवैधानिक आयोगहरूमा नियुक्ति लियो । चोलेन्द्र असंवैधानिक काम गर्ने पूजारी भएकाले पदबाट हटे भने ओली सरकारले एकलौटी रूपमा एमाले कार्यकर्तालाई दिएको जागिर खोसिन्छ । ‘मर्ता क्या कर्ता’ भने झैँ आफैँ जाने अवस्था आए चालेन्द्रले सर्वोच्चमा परेको संवैधानिक आयोगको नियुक्ति सम्बन्धी मुद्दा फैसला गरेर सबैलाई पदबाट खुस्काउन सक्छन् । त्यो सम्भावना बढी छ । राजनीतिक वृत्तले यस्ता कुरामा ध्यान दिएकै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *