स्वस्तिक बस्नेत
काठमाडौं– नेपालमा राजनीतिक दलको धेरै विश्वास गर्दा अन्य क्षेत्रले पनि विश्वास गुमाउन थालेको छ । नेपालको राजनीतिक दलले चुनाव आउँदा भए नभएका नारा दिएर जनतालाई दिग्भ्रमित पारेका थिए । माओवादी र एमाले मिलेर ठूलो पार्टी बनेको थियो, तर त्यो पार्टीको सरकार ३ वर्षमा ६ महिनासम्म पनि राम्रोसँग चल्न सकेन । राजनीतिक दलको खिचातानी र विचौलियाको सेटिङले गर्दा विकासको काम अधुरो बनेको अवस्थामा केपी ओली सरकारले मध्यवर्ती गराउने काममा संसद विघटन गरेपछि संसद पुनस्र्थापना माग गर्नेको लागि ५ राजनैतिक दलका शीर्ष नेताले सडकमा आन्दोलन गरेपछि सर्वाेच्चले संसद पुनस्र्थापित गरायो । ५ राजनीतिक दलको सरकारले नेपाली जनताको लागि केही माखो मारेको छैन । अहिले नेपाली जनताको आँखा सर्वाेच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि परेको छ । सरकारले गर्नुपर्ने काम गर्न सकेको छैन । न्यायलयभित्र दिनहँु आन्दोलन चलेको छ । न्यायाधीशहरू आन्दोलनमा उत्रिएका छ । न्याय क्षेत्रको काम ठप्प भएको छ । राजनीतिक दलमा एमाले, कांग्रेस, माओवादीलाई महाधिवेशन लागेको छ । राजनीतिक दलको नेता छान्न र पार्टीको अध्यक्ष छान्ने होडबाजी चलेको छ । विकासको काम अलपत्र परेको छ । कर्मचारी वर्गमा यस्तै छ । कर्मचारी कार्यालय जाँदैनन् । मन्त्रीहरू मन्त्रालयमा बस्ने गरेका छैनन् । बैठकमा सान र देश दौडाहमा लागेका छ । विकास अलपत्र परेको छ । नेपालमा शिक्षा माफिया स्वास्थ्य माफिया, बैंक माफिया, खाद्यान्न माफियादेखि कालोबजार चलाउने उद्योग माफियाले नेपाल चलाएका छ । राजनीतिक दलका नेताचाहिँ एकअर्काप्रति गाली र तालीमा रमाएका छन् । शिक्षा माफियाले शिक्षाको क्षेत्रमा लगानी गरेर शिक्षालाई गुणस्तर बनाउने भन्दा पनि शिक्षालाई कसरी कमाई गर्ने भनेर लागि परेका छन् । शिक्षा पेशालाई भजाएर खाने चलन बढेको छ । त्यस्तै भजाएर खानेमा स्वास्थ्य क्षेत्रलाई बिचौलियाले भजाएर खाने गरेका छ । उद्योगीले उद्योग सञ्चालन गर्ने र लगानीकिो हिसाबले उद्योगलाई बन्दकी राखी यो गर्ने त्यो गर्ने भनेर बैंकबाट निकाल्ने गरेका छन् । बैंकलाई जोखिम बनाउने काम गर्दै आएका छ । यस्तै बैंक माफियाले कसरी आफ्नो पुँजी बढाउने भनेर लगानीमा च्यापिदिएको छ । नाफामुखी बनाउन सकिन्छ भन्दै बैंकका बिचौलिया नेपालीको घरजग्गा बैंकमा राखी कर्जा प्रबन्ध गर्न सकिन्छ र नाफामूलक आम्दानी गर्न सकिन्छ भन्दै बिचौलियाहरू नेपालका घनाबस्तीदेखि दुर्गमका गाउँवस्ती कुनाकाप्चा घुमिरहेका छन् र बैंक माफिया लागिपरेका छन् । त्यस्तै वैदेशिक रोजगार क्षेत्र पनि बिचौलियाको हातमा पुगेको छ । नेपालमा उद्योगधन्दा छैनन् । भएका उद्योग पनि धमाधम बन्दको अवस्थामा पुगेका छन् । राम्रोसँग चल्न सकेको छैन । उद्योगधन्दा नभएपछि रोजीरोटीको लागि आमनेपाली विदेशिनुपरेको छ । विदेश जनाको लागि पनि बिचौलियाले नेपाली युवायुवतीलाई अनेक प्रलोभनमा पारी विदेशमा पठाउने र अलपत्र पार्ने काम गरेका छन् । यस्तै नेपाल कृषिप्रधान देश भएता पनि नेपालीले गरेको कृषिको उत्पादनबाट आम्दानी नभएपछि बिचौलियाको हातमा पुगेको छ । कृषि व्यवसायीले गरेको कृषिको मूल्य राम्रोसँग कृषकले पाउने गरेका छैनन् । पाए पनि कृषिलाई आयमूलक बनाउन सरकारले बेलामा मल दिन सकेको छैन । किसानलाई बेलामा मल दिएर सहयोग गरेको छैन । बल्ल–बल्ल कृषकले उब्जाएको खाद्यान्न कहिले बाढी पहिरोले कहिले किराले नष्ट गरिदिने र कृषकले उब्जाएको अन्नको उचित मूल्य बजार नपाएका कारण नेपालीले कृषि पेसालाई विस्थापित गर्न लागेका हुन् कि भन्ने भान आम नेपालीमा पर्न गएको छ । उदाहरणको लागि यसपाली केराखेती गर्नेले केराको उचित मूल्य पाएका छ्रैनन् । यस्तै यसपाली धानखेती गर्नेले धान उत्पादनमा कमि आएको र बाढीले धान खेती गर्नेले धान उत्पादनमा कमी आएको र बाढीले धान खेत नष्ट पारेको उदाहरण नेपालीलाई घामजत्तिकै छर्लंग पारेको छ । यस्तै उखु किसानले उखुको मूल्य नपाएर हैरानी भोगेका छन् । तरकारी खेती गर्नेको पनि त्यही हालत छ । यसमा पनि बिचौलिया गाउँबस्ती सहरसम्म बिचौलियाको मनपरी चल्ने गरेको छ । अहिले बजारमा अत्याधिक खाद्यान्नको मूल्य बढेको छ । खाद्यान्नको मूल्य बढेको कारण आमनेपालीले मूल्यको सामान गर्नुपरेको छ । सरकारले बजार मूल्यको बारेमा ध्यान दिएको छैन । हुनतः राजनीतिक दललाई महाधिवेशन लागेको छ । यसको खर्चपानीको व्यवस्था व्यापारीले गरिदिने भएपछि बजारको मूल्यको बारेमा राजनीतिक दल र सरकारले ध्यान दिएको होला ?