कुमारी बैंकको १९ करोड काण्ड सिइओ अनुजमणिलाई चोख्याउने दाउपेच

अर्थ/वाणिज्य

काठमाडौं । काण्डवाला बैंकका रूपमा बद्नाम छ कुमारी बैंक । चाहे बालुवाटारमा रहेको चर्चित सरकारी जग्गा बालुवाटारको ललिता निवासको जग्गा काण्डमा डामिएका सोही बैंकका सञ्चालक (भूमाफिया) शोभाकान्त ढकाल हुन वा हालै चर्चामा आएको १९ करोड ठगी प्रकरण । यसअघि सोही बैंकका सिइओ उदयकृष्ण उपाध्याय यौनकाण्डमा डामिएका थिए । काण्ड र कुमारी बैंक परिपुरकझैं भएका छन् । यस अघिका राधेश पन्त सिइओ हुँदा समेत बैंक विवादमा मुछिएको थियो । सिद्धार्थ बैंकबाट सुरेन्द्र भण्डारीलाई उदयको ठाउँमा त ल्याइयो तर उनी पनि असक्षम साबित भएका छन् । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर समयमै निष्कासन नगरेको, घोषणा गरेर पनि लामो समयसम्म राखी अझै जारी नगरेको भन्दै छानबिन सुरु गरेपछि सुरेन्द्र भण्डारी पनि निरिह सिइओ सावित भएका छन् ।
यस्तै, सोही बैंकको सञ्चालक बनाइएका अर्का एक व्यक्ति प्रहरीको फरार सूचीमा थिए । भूकम्प र सो पछाडिको नाकाबन्दीको समयमा खाने तेलमा कृत्रिम अभाव सृजना गरी उपभोक्ता लुट्दै आएको काण्डमा केयल दुगड समूहको सञ्चालक नरेश दुगड बोर्ड सञ्चालक बनाइयो । जबकी बैंक वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सञ्चालक समितिमा बस्नका लागि कुनै पनि कसुरमा नमुछिएको व्यक्ति हुनुपर्ने ऐनमा उल्लेख छ । तर, वाफिया ऐनलाई धोती लगाँउदै सो बैंकका सञ्चालकमा कालोबजारी तथा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पूर्जी जारी गरेको व्यक्तिलाई बैंकमा सञ्चालक बनाइएको थियो ।
अमिर प्रतापजंग राणा अध्यक्ष रहेको कुमारी बैंकमा अहिले सञ्चालकका रूपमा गणेशप्रसाद पाठक, कृष्णप्रसाद ज्ञवाली, महेश पोखरेल र अनुराधा चौधरीहरू छन् । यस्तै, बैंकको व्यवस्थापकको जिम्मेवारी पाएका छन्, अनुजमणि तिमिल्सिना, मनिष तिमिल्सिना लगायतले ।
अनुजमणि तिनै पात्र हुन जो सेञ्चुरी कर्मसियल बैंकमा कार्यरत रहँदा डलर काण्डमा मुछिए । बैंकका सिइओ राजेशकाजी श्रेष्ठसँगको मिलेमतोमा अर्बाैको डलर काण्ड घटाएपछि सो फाइल अहिले पनि राष्ट्र बैंकले अनुसन्धान गर्दैछ । तिमिल्सिना सेञ्चुरीको डलर काण्डमा पनि मुछिएका थिए । एमएम रेमिटसँगको सम्झौतामा ६० लाख एकाउन्टबाट पैसा लिएको, त्यो ट्रान्जेक्सन भएको देख्दा पनि राष्ट्र बैंकले कदम नचालेको भन्दै राष्ट्र बैंकको भूमिकामाथि पनि त्यतिबेला प्रश्न उठाइएको थियो । र, राष्ट्र बैंक र सिआइबीको कारबाही छल्न उनी रातारात कुमारी बैंकमा पुगेका थिए । अहिले उनै सिइओ अनुजमणि तिमिल्सिनासमेतको संग्लनतामा १९ करोड हिनामिना प्रकरण घटेको छ । यो प्रकरणमा समेत अनुजमणिलाई चोख्याउने चलखेल हुँदैछ । विगतदेखि नै एकपछि अर्काे लफडामा मुछिँदै गएको कुमारी बैंकले नक्कली लालपूर्जा बनाएर गायक योगेश्वर अमात्यको १९ करोड ठगी गरेको प्रकरणले अहिले बजार तातिरहेको छ । यो प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोसम्म पुगेपछि बैंकको शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन अहिले फन्दामा मुछिएका छन् । तर, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुजमणि तिमिल्सिनालाई छोइएको छैन । अर्थात् अख्तियारले सरकारी भ्रष्ट कर्मचारी समाउँदा साना माछालाई समातेर ठूलालाई उम्काइएकै शैलीमा अनुजमणिहरूलाई चोख्याउने खेल चल्दैछ । राष्ट्र बैंक स्रोतका अनुसार, करोडमाथिको कर्जा प्रवाह तल्ला तहका कर्मचारी एक्लैले गर्न सक्र्दैनन् । यस्तो ऋण प्रवाह गर्दा सिइओकै अनुमति चाहिन्छ । त्यसमाथि कुमारीको सिइओ तिमिल्सिनाको विगत राम्रो छैन । उनी जहाँ जहाँ कार्यरत रहन्छ त्यही केही न केही फण्डामा मुछिरहेका पात्र हुन् ।
तिमिल्सिना झण्डै दुई दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । यस अघि उनी नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत थिए । त्यहाँ रहँदा रिद्धिसिद्धि ग्रुपसँग सेटिङ गरेको आरोप उनीमाथि लागेको थियो । त्यहाँबाट उनी पुगे सेञ्चुरी बैंक छिरेका थिए । सेञ्चुरीमा रहँदा रिद्धिसिद्ध ग्रुपलाई दिएको ३५ करोड रूपैयाँ ऋण, नोभा बैंकेटलाई दिएको २५ करोड ऋणको विषय निकै विवादित बन्यो । रकम उठाउन निकै समस्या परेको थियो । त्यस्तै पवन प्यालेसलाई दिएको ७० करोड, डेन्युम फर्मालाई दिएको २५ करोड ऋण पनि कमसल कर्जाअन्तर्गत परेको थियो । सर्वसाधरणले खाई नखाई बचत गरेको रगत पसिनामा बैंक तथा बीत्त संस्थाका टाउकाहरूले कसरी तर मार्छन भन्ने पछिल्लो उदाहरण हो कुमारी बैंक ।
उता यो प्रकरणमा लहरो तान्दा पहरो थर्किएको भनेझैं सिद्धार्थ बैंक पनि तानिएको छ । गायक योगेश्वर अमात्यको जग्गा रहेको कम्पनी बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खाता सिद्धार्थ बैंकमा रहेको खुलेपछि यस प्रकरणमा सिद्दार्थ बैंक पनि तानिएको हो । डायनिल ट्रेडिङको नाममा स्वीकृत १९ करोड कर्जा बिलुवाभूमिको नाममा रहेको खातामा गएको र कागजात नक्कली भएको थाहा भएपछि कुमारी बैंकले उक्त १९ करोड सिद्दार्थ बैंकको सोहि खाताबाट झिकेको अनुसन्धानमा खुलेको छ । सिद्दार्थमा रहेको बिलुवाभूमिको नाममा रहेको खाता नक्कली हो वा गायक अमात्यकै हो भन्ने कुराको पनि अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *