आठ कक्षा पास गरेकालाई अख्तियारको सुनपानी

समाचार

काठमाडौं । अख्त्यिारमा असार १५ गते शैक्षिक योग्यतासम्बन्धी उजुरी प¥यो । तर, छानबिन नहुँदै कर्मचारीले घुस खाए । नागर्जुन नगरपालिकाको राजश्व प्रमुख बनेका राजेन्द्र गौतमले रक्सीको डिलर खोलेका छन् । एमाले त्यागेर कांग्रेस बनेपछि उनले कांग्रेस नेताहरू धर्मराज गौतमको साथ पाउँदा रमाएका छन् । उनले स्थानीयबासीलाई थर्काउँछन् । उनी एमाले बनेर जागिर खाएर कांग्रेसी बनेका व्यक्ति हुन् ।
स्युचाटार गाविसको सचिव हुँदा राजेन्द्रले पैसा दिँदै हाउजिङ र प्लटिङको अनुमति दिएर जनतालाई दिएको पीडा अहिले झल्किएको छ । वडा नं. ७ का अध्यक्ष रमेश पनि स्थानीय जनताको विरोधमा छन् । उनीहरूको टिमले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतसमेतलाई रक्सीमै डुबाएका छन् । कुनै स्कुलको सञ्चालक समितिमा रहने बालबच्चा त्यही स्कुलमा पढ्नुपर्छ । तर, कांग्रेसको हकमा त्यो लागू हुने छैन । शिक्षा ऐनले त्यो छुट दिँदैन । तर, राजेन्द्रले टोलबासीको लागि एम्बुलेन्स बनाउन दिएको पैसा विष्णु पनेरुलाई दिएर विद्यालयभित्रको भ्रष्ट धारमा सघाएका छन् ।
स्नातक पास गरेको कर्मचारीले राजस्वको नेतृत्व लिन्छ । तर, नागार्जुन नगरपालिकाका राजश्व प्रमुख आठ पास मात्र हुन् । त्यस्ता अध्यक्ष भएको स्कुलले कसरी कम्युटर र ओभरसियरको पढाइ सफल बनाउला ? सिटिइभिटीमा कांग्रेसीहरूको जगजगी छ, त्यसैले यस्तो भद्रगोल जताततै बढिरहेको छ । ७५ लाखको टोयोटा गाडी चढ्ने राजेन्द्रलाई अख्यिारले छानबिन गर्न सकेको छैन । शैक्षिक योग्यता सम्बन्धी यी उजुरी पैसा खुवाएर दबाइएको बताइन्छ ।
अख्यिारमा यस्तो उजुरी हेर्ने आयुक्त जयबहादुर चन्द हुन् । भनिन्छ उनले आइजिपी बन्न शेरबहादुरलाई बुझाएको ४ करोडको थैलीले अख्तियारको आयुक्त बनेका हुन् । उनको पद पनि विवादमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *