नेपाल प्रहरीभित्रको सौतेले व्यवहार कसले नियन्त्रण गर्ने ?

समाचार

काठमाडौं । नेपाल प्रहरीमा निष्पक्षता भन्ने रहेन । राज्यको ध्यान त्यहाँ जान सकेको छैन । सुरक्षा अंगलाई सुधार्न कसैले चाहेन कि स्वार्थको खेलमा काम ग¥यो सबैतिर अन्योल छ । तर, नेपाल प्रहरीभित्र भेदभाव र अत्याचार झनै बढेको छ । त्यो नमुना हो आइजिपी शैलेश थापाले विदेश भ्रमणमा जाँदा आफ्ना सहयात्री हरि पाललाई बाइपास गरेको कारण झन् भद्रगोल भएको छ ।

आइजिपी थापाले तेस्रो वरियताका एआइजी निरजबहादुर शाहीलाई कामु आइजिपी बनाएर गएका छन् । तर, उनीहरूको टिम एकै समयमा उमेर हदका कारण अवकाश हुँदैछ । यसपटक प्रहरी राजनीतिक दबदबाबाट मुक्त हुन्छ भन्ने ठाउँ भएन । किनकि कामु दिँदा पनि बालुवाटारले हरि पाललाई बाइपास ग¥यो । पाल यस अगाडि पनि प्रधुम्न कार्की कामु बन्दा बाइपास भएका थिए । नेपाल प्रहरीमा सरुवा बढुवामा पनि भेदभाव छ ।

बालुवाटारले संगठनकै बद्नाम गर्नेहरूलाई च्यापेको अवस्था छ । पैसा तिनैसँग छ, घुस तिनैले दिन्छन् । गृहमन्त्री बालकृष्ण खाँणलाई पत्नी मन्जु खाँण र प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्नी डा.आरजु राणाको आदेश नै काफी छ । दुवैले टिपाएको नामको त्यहाँ घटबढ हुँदैन । अवधि पुगेर बसेका जिल्ला कमाण्डहरूले प्रहरीलाई बद्नाम मात्र बनाएका छैनन् । प्रशासनमा एसएसपी दीपक थापा छन् । उनले मान्ने आदेश एआइजी विश्व पोखरेलेको मात्र हो । पोखरेलले आफू प्रशासनमा भएकोले विचार गरेर सरुवा गराएका छन् । वैशाखमा आइजिपी हुने पालो आफ्नै भएकाले तौलेर सरुवा गर्दै आएका छन् । पोखरेललाई राजनीतिक पहुँचको कुनै जरुरी नै छैन । किनकी उनको सम्बन्ध भ्रष्ट नेतादेखि व्यापारीसँग रहेको छ । कांग्रेसका डा.शशांक कोइराला र डा.शेखर कोइरालासम्मको पारिवारिक जोड पनि फलदायी बन्दैछ । त्यसैले उनले अरु नेता गन्दैनन् । प्रधानन्यायाधीशलाई समस्या पर्दा एआइजी पोखरेल पनि चिन्तित छन् । चोलेन्द्रको परिवार र एआइजीको नाता सम्बन्ध जेठा र ज्वाइँको रहेको छ । अर्थात् पोखरेल राणा परिवारका ज्वाइँ हुन् । उनलाई छेक्न कांग्रेसको सहयोग पाउने सहकुल थापा कार्य विभाग पुगेका छन् । थापाको टोलीका रविन्द्र धानुक, धिरजप्रताप सिंह कांग्रेस बनेर पोखरेललाई एआइजी बन्न नदिने होडमा थिए । हैसियत नभएका वसन्त लामा, वसन्त पन्तजस्ताले पनि खेलो–फड्को गर्न थालेका छन् । लामा हेटौंडा, पन्त कर्णाली प्रदेशमा रजाइँ गरेका छन् । प्रहरीको यो जात्रा कति चल्छ निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *