राजेन्द्र मैदानमा कमल संकटमा

समाचार

काठमाडौं । राप्रपाका पञ्च क्लबभित्र लडाइँ छ । राजालाई देखाएर राप्रपा बनाएका कमल थापाले धान्न नसकेर पार्टीमा पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलाई समेत आफ्नो पछि लाग्न आग्रह गर्दा साथ पाउनसम्म नसकेका बेला आफैले नेपालगञ्जमा मेयर बनाएका धवलशमशेर बिच्किँदा भाइरस भन्नु नै अहिले मध्यपश्चिम बिग्रियो । राजा महामन्त्री थिए, तर कमिसनको त्यो पद त्यागेर सुनिल थापा कांग्रेसमा भएर सहमहामन्त्री बनेको देखे । थापालाई नेता मानेर महामन्त्री खानुको सट्टा शेरबहादुरलाई नेता मानेर सहमहामन्त्री खानुले सुनिल थापाको भविष्य बन्यो ।

यही स्थिति एक्ला सांसद राजेन्द्र लिङ्देनले सहँदै छन् । उनी पनि राप्रपाको महामन्त्री नै हुन् । उनले पार्टी कमल थापाको पेवा भएको मन पाएनन् । थापाले स्वार्थ पूरा गर्न अनेक तिकडम गर्छन् । अबको चुनावमा एमालेको ओली ब्राण्डसँग चुनावी तालमेल गरेर आफूलाई समाजवादीका विरोध खतिवडासँग भिड्ने दाउमा छन् । मकवानपुरको सहरी क्षेत्रमा एमालेले कृष्णप्रसादलाई अगाडि सार्छ । कमललाई तिनैले हराएका हुन् । त्यहाँ माओवादीको राम्रै मत छ । अबको चुनावमा कमलले दाउ हेरेको क्षेत्र नं. २ मा चुनाव लड्ने योजनामा छन् । त्यहाँ खतिवडालाई कमजोर ठानिँदैछ ।

कम्युनिस्ट फुटेका छन् । यसको फाइदा नेपाली कांग्रेसले लिने हो । तर, राप्रपाका कमलहरू तात्दैछन् । आफैँले महामन्त्री बनाएका राजेन्द्र र धवल मिल्दा हैरानमा कमल परेका छन् । दुईलाई फुटाउन कमलले पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको साथ लिने दाउमा छन् । राप्रपाका झण्डै १४९५ सहभागी हुने यो महाधिवेशन एकताको महाधिवेशन भनिदैछ । तर, युवाहरूले राजा देखाएर खाने कमललाई त्यागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *