अर्जुननरसिंह केसी जिल्लाबाट आउट

समाचार

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ र १७ गते देशभरका १६५ निर्वाचन क्षेत्रको प्रतिनिधि छान्दैछ । यसपटक कांग्रेस र एमालेको महाधिवेशनमा शिक्षक, प्राध्यापक, कर्मचारीसम्मले सक्रिय राजनीति गरेका छन् । कर्मचारीले राजनीतिक दलको नेतृत्व गर्न पाउने प्रवृत्तिले ठाउँ लिएको छ । एमालेले दशौँ महाधिवेशनमा उम्मेद्वारहरूको खलियो बेहोरेको छ भने कांग्रेसले मंसिर २५ बाट २६ सम्मको कुम्भमेलामा कार्यकर्ताको रूपमा कर्मचारी वा नेपाल सरकारको सेवा सुविधा लिएका व्यक्तिकै वर्चस्व देखिएकै छ ।

संस्थापनको हिसाबले सभापति देउवालाई सभापतिकै उम्मेद्वार बन्न सहज भएको छ । रामचन्द्र पौडेललाई प्रकाशमान सिंहले तगारो हालेका छन् भने देउवाकै सहयोगले उपसभापति बनेका तर सरकारमा पुग्दा देशको भन्दा भारतको हित गर्ने विमलेन्द्र निधिले समेत सभापतिको दाबी गर्दा गोपालमान श्रेष्ठ थन्को लाग्ने वातावरण बन्दैछ । उता कृष्ण सिटौलाबाट छुट्टिएका युवा नेता गगन थापाले रामचन्द्र पौडेल, प्रकाशमानदेखि डा. शेखरको टिममा प्रवेश गरेर सुरक्षित भएका छन् । महेश आचार्य सुरक्षित भए, तर डा.रामशरण महत अलपत्र बन्दैछन् । उनी पौडेल पक्षधरका थिए । कृष्ण सिटौलालाई सभापति पदमा उठाउने युवापंक्ति यसपटक खुम्चिएको छ । प्रदीप पौडेल सिटौलाबाट उछिट्टिँदै रामचन्द्रकै समूहमा पुगेर थन्किएको अवस्था छ । प्रदीपको ठूलो आकांक्षा छैन । तर, समूहमा जोडिन नसक्दा अलपत्र पर्न बेर छैन । विश्वप्रकाश शर्मा महामन्त्री, गुरु घिमिरे महामन्त्री नै, धनराज गुरुङ पनि त्यही डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, डा.मिनेन्द्र रिजालसम्मले २ पद महामन्त्रीमा दाबी गरेकै छन् ।

कांग्रेसले सातै प्रदेशमा सचिव पद बनाउँदैछ । त्यहाँ यो पदलाई सहमहामन्त्री मानिएको छ । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सात सहमहामन्त्री गरी १२ जना पदाधिकारी कांग्रेसमा हुनेछन् । तर, देउवालाई व्यवस्थापन गर्दा आफ्नै टिमका डा.प्रकाशशरण, बालकृष्ण, लेखराजसम्मले पदाधिकारी पाउने अवस्था छ । महिलामा पुष्पा भुसाल र डा.डिला संग्रौलामध्ये कोषाध्यक्ष कुनले लिन्छन् यसै भन्न सकिने अवस्था छैन । यसपटक अर्जुननरसिंह केसीको टोली जिल्लाबाटै राम्रोसँग बढारिएको छ । पौडेलको पछि लाग्नेहरू धेरैको स्थिति समाप्त हुने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *