युवा पञ्चले फेरे नेतृत्व

समाचार

काठमाडौं । राजा र हिन्दू धर्म देखाएर संघीयता गणतन्त्र र समावेशीताविरुद्ध भाषण गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको पुरानो पुस्ता थन्किएका छन् । युवा नेता राजेन्द्र लिङ्देन, धु्रवकुमार प्रधान, धवल शमशेर जबरा, विक्रम पाण्डे, भुवन पाठक हुँदै कुन्ती शाहीले नेतृत्व सम्हालेका छन् । कमल थापा, बुद्धिमान तामाङ, डा.प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबराहरू जर्बजस्त थन्किए ।
कमल थापाले पार्टीको नाउँमा व्यक्तिगत फाइदा लिए । भ्रष्टाचारमा फसेका भाइ गणेश थापालाई सांसद बनाए । फुटबल जगतमा चर्चित गणेश थापाले विश्व फुटबल महासंघबाट प्राप्त सहयोग झण्डै ९ करोड भ्रष्टाचार गरेको आरोप लागेको छ । त्यसकारण फुटबल जगतबाट निस्कनु प¥यो । अहिले राप्रपाले छानेको नेतृत्वले कमल थापाले झैं राजा र हिन्दू धर्म देखाएर जनतालाई आकर्षण गर्न सक्दैन । उम्मेदवार त रेखा थापाजस्ता पनि भएकै थिए । थापा लिङ्देन समूहमा थिइन । पदाधिकारी बहुमत थापा समूहकै भए । नेपालमा धर्मको नाममा विदेशी डलर खाएर देशको धर्म र संस्कृतिमाथि प्रहार गर्न संघीयता, गणतन्त्र र समावेशीताले बाटो खोलेको हो । धर्म निरपेक्षताको नाउँमा चर्च बन्ने अभियान २०५० सालबाट सुरु भएको थियो ।
२०६३ सालको जनआन्दोलनले त्यो खुला गरायो । पञ्चहरूले राजालाई देखाएर सत्ता चलाए । तर, विश्व हिन्दू महासंघजस्ता संस्थाबाट धर्मको रक्षा भएन । मौका पाउँदा कला संस्कृतिको संरक्षण नगर्ने, तर राजनीति तथा सत्ताबाट सत्यानाश हुँदा बल्ल चेत आएको छ । कमल थापाकै गुटबाट बुद्धिमान तामाङ उपाध्यक्ष भए । महिला उपाध्यक्षमा रोशन कार्की भइन ।
राप्रपाको १४९ सदस्य निर्वाचित बनेको छ । कार्यकर्ताले नेताको कामभन्दा गुट हेर्ने चलन भएकाले राप्रपामा पनि एमाले, कांग्रेसकै रोग सर्दैछ । राप्रपामा नेतृत्वमा जो आए पनि त्यसको नीति राजतन्त्र, हिन्दू धर्मलाई मूल एजेण्डा बनाउनुले नयाँ विचार, नयाँ योजना त्यहाँ छैन । परिवर्तनकारीको रूपमा आएको माओवादीसमेत वैचारिक विचलनका क्रममा सिद्धान्त त्याग्दै ध्वस्त भएको छ । राप्रपाबाट जनताले अपेक्षा के गरुन ? वर्तमान नेतृत्वमा एकाध बाहेक सबै पुरानै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *