क्षेत्र देउवा नै अगाडि

राजनीति

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनमा प्राप्त परिणामले संस्थापन पक्ष र विपक्षको मत काउन्टिङ सुरु गरेको छ । गण्डकी प्रदेशमा गुटबन्दीमा नलागेका शुक्रराज शास्त्रीलाई पौडेल पक्षले आफ्नो गुटमा राखेर आत्मरति लिइरहँदा लुम्बिनीमा अमर पुनको विजयलाई पनि कोइराला वंशबाट थुतेर पौडेलतिरै लगेको अवस्था छ । जबकी अमर पुनले भरत शाहलाई हराउनु ठूलो कुरा होइन । शाह चिनी मिलका मालिक भएर किसानलाई दुःख दिएर कांग्रेसका नेता हुन् । लुम्बिनी प्रदेशका सांसद पनि हुन् ।
उता सुदूरपश्चिममा वीरबहादुर बलायर, कर्णालीमा ललितजंग शाह, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, प्रदेश १ मा उद्धव थापाले संस्थापना पक्षको इज्जत जोगाएका छन् । प्रदेश २ मा भने कांग्रेसका विद्रोही नेता विमलेन्द्र निधिले भौतिक पूर्वाधारमन्त्री रामशरण यादवलाई अगाडि सार्दा देउवा पक्षले रौतहटका पार्टी सभापति कृष्ण यादवलाई अगाडि सारेका छन् । जहाँ देउवाले नेविसंघका असफल अध्यक्ष नैनसिंह महरलाई कोइराला परिवारले खेदेर रञ्जित कर्णलाई नेता बनाएको विषय लज्जित भयो भनेकै हुन् । तिनै कर्ण कोइराला परिवारबाट उम्मेद्वार भएपनि उम्मेद्वारी दिँदासम्म हटाउने चर्चा छ । तर त्यो प्रदेशको निर्वाचन निश्चित छैन । आठ जिल्लाका ३२ निर्वाचन क्षेत्र मध्ये ७ वटामा अधिवेशन भएको छैन । आज बुधबारसम्म अधिवेशन गरेर प्रतिनिधि छान्न नसक्दा सात क्षेत्र थन्को लगाएर २५ क्षेत्रबाट प्रदेशको टिम छनोट गर्नैपर्छ । प्रदेश २ मा नेपाली कांग्रेसका १८८८ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *