सशस्त्र र नेपाल प्रहरीमा सल्कियो राँको एआइजिपी बन्न जोडघटाउ सुरु

समाचार

काठमाडौं । राजनीतिक स्वार्थको थलो बन्दै गरेको नेपाल प्रहरीले आगामी वैशाख १८ गते नयाँ आइजिपी पाउँदैछ । सरकारले नयाँ आइजिपी पाउने दिन नजिकिँदै गर्दा त्यहाँ कांग्रेसका पुड्के कार्यकर्ता सहकुल थापा र एकवर्ष अगाडि एआइजी भएका विश्व पोखरेलबीच प्रतिस्पर्धा नहुँदा पनि प्रतिस्पर्धीको रूपमा अगाडि सारिएको छ । जगन्नाथ आचार्य र शरीर पुड्को नै भए पनि प्रहरी निरीक्षक बनाउन तत्कालीन गृहमन्त्री खुमबहादुर खड्कालाई अगाडि सारेर जसरी विश्व पोखरेलको समूह पनि वैकल्पिकबाट संगठनमा प्रवेश गरेका थिए ।
प्रहरीमा अहिले भद्र र शालिन देखिन दुवै एआइजीहरूबीच प्रतिस्पर्धा हुँदैन । किनकि प्रहरीले वरिष्ठता र जेष्ठता मिच्न नसक्ने कानुनी प्रक्रियाबाट आउने सम्भावना छैन । तत्कालीन रमेश सिलवाल र जयन्त चन्दको लडाइँमा चौँथो दर्जाका प्रकाश अर्यालको भाग्य चम्किएको थियो । प्रहरीभित्र अहिले तल्लो तहको बढुवाको काम सुरु भएको छ । बालकोटको आडमा रमाउने महेश बस्नेत, गोकुल बाँस्कोटाको दबाब खेपेका आइजिपी शैलेश थापाले प्रबन्ध र भौतिक पूर्वाधार, लेखाजस्ता ठाउँ सुधार्न सकेनन् ।
सामान नै खरिद नगरी बिल बुझाउने ठेकेदार र भुक्तानी गर्ने लेखाका भ्रष्ट, प्रबन्धको सम्पत्ति छानबिन भएको छैन । त्यहाँ संगठनलाई पत्तै नदिई पुरस्कार तथा विभूषण फुत्काउन गृहमा घुस बुझाउने जमात ठूलो छ । यो देशको प्रहरीले अपराधीको सेवा गर्छ, तस्करसँग मिल्छ, एयरपोर्टबाट अवैध सुन भित्र्याउँछ । समयमा बढुवा हुन सकेको छैन । १६ महिनासम्म समेत सरुवा भएको छैन । तर, आइजिपी थापाले सशस्त्र प्रहरीमा झैं वरिष्ठ हवल्दार, हवल्दार, जुनियर, सिनियर, कामु उपरीक्षक, वरिष्ठ उपरीक्षकजस्ता थैली पद सिर्जना गर्दा १२÷१३ वर्ष एउटै पदमा टिकिरहेका र १८ वर्ष निरीक्षक भएर डिएसपी हुने चरम रोगको भने दोहोलो काडेका छन् । अहिले प्रशासनमा विश्व पोखरेल छन् । कार्ययोजनामा सहकुल थापा छन् ।
तिनै सहकुलले एमाले नेताहरूलाई पोखरेलविरुद्ध कुरा लगाएका थिए । उनले थैली बुझाएर एआइजिपीको दरबन्दी नथप्न हार गुहार गरेका थिए । उनलाई सहयोग गर्ने, पैसा बुझाउने डिआइजीहरू धिरजप्रताप सिंह, रविन्द्र धानुक, वसन्त लामा, वसन्त पन्तहरूको बुद्धि भुट्ने सहज बाटो भनेकै भक्तपुरको घर भएको छ । आइजिपी थापाले गाउँले नभए पनि एकै परिवारका दाजुभाइ भन्न सहज भयो । पैसा महेश र गाकुल बाँस्कोटाले खाएको आरोप छ । ईश्वर पाखेरल कामु प्रधानमन्त्री भएका बेला भतिज विश्व पोखरेलको बढुवा गरेको आरोप छ । पोखरेल एआइजी भएको वर्षदिन बित्यो । सहकुल एआइजी भएको गत असारमा हो । नियम नमिच्दा थापाको इच्छा केवल प्रचार मात्र हुनेछ । सिलवाल काण्डको जस्तो चकचकी राजनीतिक वृतमा छैन । कांग्रेसका नेता बालकृष्ण खाँणकै हस्तक्षेपले प्रहरी भित्र लथालिंग भएको छ । संगठनले बल्ल कार्यक्षेत्रको ठाउँ पाएको छ । पैसा खुवाउने र सरुवा गर्नेको लर्काे लाग्न थालेको छ । जसले पैसा दिन सक्दैन, उसलाई प्रमुखबाट हटाउने र बढुवा नगर्ने परम्परा बसेको छ । विश्व पोखरेल भारतमा कालीबाबाको शरण लिन पुगेका छन् । सर्वाेच्चका विवादास्पद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरका ज्वाइँ विश्व व्यवहारमा अति नै सोच भएका प्रहरी अधिकृत हुन् । कांग्रेसका नेता डा.शेखर कोइरालाको पहुँचमा उनी मोरङ प्रहरी प्रमुख भए । जनार्दन शर्मा गृहमन्त्री हुँदा उनी काठमाडौं प्रहरी प्रमुख थिए ।
उता सशस्त्र प्रहरीका रकमी आइजिपी शैलेन्द्र खनालको सेवा अवधि आगामी वैशाख २० गते समाप्त हुँदैछ । एआइजिपी पुष्पराम केसी ६ महिने आइजिपी हुने सम्भावना बढेर गएको छ । केसीले आइजिपी शैलेन्द्रलाई हटाउन बालुवाटारमा ब्रिफकेस चढाएका छन् । विष्णु रिमालको नाममा दिएको त्यो ब्रिफकेसले भने काम गर्न सकेन । केसीले आफू प्रशासनमा रहँदा कुनै फाइल तलमाथि नगर्दा धेरै अधिकृतहरू निराश बनेका थिए । जब उनलाई प्रशासनबाट खेदियो, उनको स्थान नुवाकोट घर भएका एआइजिपीले लिए । केसी पछिको आइजिपी को बन्ने भन्ने लडाइँ अहिले सशस्त्रमा चल्ने गरेको छ । अहिलेका प्रवक्ता राजु अर्याल, नारायणदत्त पौडेल, वंशी दाहाल, चन्द्रप्रकाश गौतममध्ये २ जना एआइजिपी हुनेछन् । यी मध्ये पनि वंशी दाहाल र सिपी गौतम चर्चित भ्रष्ट हुन् । उनीहरूले हिजो कमाण्ड गरेका प्रदेश १ र प्रदेश २ लथालिंग पारेका थिए । तर, अहिले त्यहाँ पुगेकाहरूले सुधार गरेका छन् । एआइजिपीको बढुवामा भने अर्याललाई भन्दा सहज बाटो पौडेलको हुने देखिन्छ । काठे स्वभावका अर्याल काठकै हुन् भने पौडेल सुर्खेतका हुन् । यिनलाई कांग्रेसका पूर्णबहादुर खड्काले जिल्लाबासीको नाताले काँध हाल्न सक्ने देखिन्छ । नबिराउने र दम्भ प्रदर्शन नगर्ने भएकाले पौडेलको सशस्त्रभित्र राम्रो भएको बताइन्छ । खाँण र खड्का प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासप्राप्त हुन् ।
सुरक्षा समूहका प्रहरी र सशस्त्र प्रहरीभित्रको सरुवा बढुवामा निकै खैलाबैला हुने गरेको छ । वैशाखमा दुवै प्रहरीले नयाँ एआइजिपी पाउने भएकाले अहिलेको सरुवा बढुवामा दामथैलीको राम्रो खेलो फड्को हुने निश्चित देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *