मन्त्री आले वृफकेशमै व्यस्त

राजनीति

काठमाडौं । पहिलोपटक सुदूरपश्चिमका एमाले नेता भीम रावल स्थानबिहीन छन् । केपी ओली सरकारमा वनमन्त्री भएपछि सुदूरपश्चिमका चतुर नेता प्रेम आलेलाई पदको नशाले यसरी गाल्यो कि उनी एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारमा पर्यटन तथा संस्कृति मन्त्रालय पड्काउन सफल भए । प्रेम आले कामभन्दा पनि दाम कमाउने ध्याउन्नमै रहने गरेको कर्मचारी वृत्तमा चर्चा हुने गरेको छ । उनको कमाउ प्रवृत्तिले गर्दा उनले नागरिक उडड्यन प्राधिकरणको बोर्ड बैठकसमेत बस्न सकेको छैन । सरकारी तहबाट आव २०७८÷७९ को बजेट बनाइँदैछ । तर, अलमलकै अहिले पनि प्राधिकरणको बोर्डले बजेट पारित गर्न सकेको छैन । प्राधिकरणका भ्रष्ट प्रदीप अधिकारीको वृफकेशले मन्त्री आले रनभुल्लमा पर्ने गरेका छन् ।
११औँ तहका कर्मचारी प्रदीप अधिकारीले आफूलाई महानिर्देशक बनाउन हारगुहार गर्दै मन्त्री आलेका सामु ब्रिफकेश टक्र्याएका छन् । वरिष्ठताका आधारमा प्रतापबाबु तिवारी महानिर्देशकको लाइनमा छन् । राजकुमार क्षेत्री छोटो समयको लागि महानिर्देशक भएकाले प्राधिकरणको बोर्डको बैठकले आव २०७७÷७८ को बजेट स्वीकृति नगर्नु भनेको प्राधिकरणभित्र योजना र कार्यक्रम छैन भन्ने बुझ्न सकिन्छ । राष्ट्रिय गौरवका आयोजनाको प्रमुख भए पनि प्रदीपले नेतृत्व गरेका लुम्बिनी एयरपोर्ट, पोखरा एयरपोर्टलगायतका विभिन्न ठाउँमा कुनै प्रगति हुन सकेको छैन ।
मन्त्री प्रेम आलेका कारण प्राधिकरण मात्र होइन मन्त्रालयसमेत लथालिंग बन्न थालेको छ । वायुसेवा निगमको बेथिति पनि उस्तै छ । निजी विमान कम्पनीहरू दादागिरी उस्तै चल्ने गरेको छ । यती एयरलाइन्स, हिमालयन एयरलाइन्सको दादागिरीका कारण यात्रुहरूले दुःख पाउने र ज्यानै जोखिममा हाल्नुपर्ने अवस्था आएको छ । निजी कम्पनीहरूलाई नयाँ गन्तव्य छिटो दिने प्राधिकरणले वायुसेवा निगमलाई भने पेण्डुलम बनाएको छ । मन्त्री आलेले राज्यस्रोत खर्च गरेर बनेका एयरपोर्टहरूमा नियमित उडान गराउनेतर्फ ध्यान दिनुभन्दा पनि पैसा असुल्न र थर्काउन लागिपरेका छन् । प्राधिकरणको बोर्ड अध्यक्षको रूपमा मन्त्रीले सुधार गर्न त सकेका छैनन् भने उनले घोषणा गरेका प्रतिबद्धता पूरा हुन्छ भन्ने शंका बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *