स्वास्थ्यमा ओम्नीको छायाँ

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको नजरमा अक्षम भन्दा सक्षम भानुभक्त ढकालजस्तालाई स्वास्थ्यमन्त्री बनाएर डाडू–पन्यू आफ्नो गुटभित्र पार्दा कोरोना महामारीको बेला सरकारले जस भने पाएन । एमसिसी नामको बिचौलिया ओम्नी कम्पनीको छायाँ अहिले पनि स्वास्थ्य मन्त्रालयमा छ ।
५८ प्रतिशतले पहिले मात्र ५७ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका जनता कोरोना महामारीबाट मुक्त हुने अवस्था तत्काल छैन । प्रधानमन्त्री देउवाले शैक्षिक माफिया उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए । डा.आरजु देउवाको दबाबमा राज्यमन्त्री बनेका तिनै श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधिमा मात्र अडेनन्, उनी केन्द्रीय सदस्यमा चुनाव लडे, तर देउवाको टिममा पर्न सकेनन् । चुनावमा पराजित भए ।
श्रेष्ठ राज्यमन्त्री बन्दा ईश्वर पोखरेल ओम्नी कम्पनीले जर्बजस्ती ल्याएको पिसीआर टेस्ट गर्ने किटको भुक्तानीको लागि दबाब दिएका थिए । ओम्नीले ८ हजार किट प्रयोग गर्न नसकिने गरी भित्र्यायो । त्यसको प्रयोग गर्ने अवस्था भएन । अहिले स्वास्थ्यमन्त्री खतिवडालाई कारबाही गर्नुपर्ने ओम्नी समूहले हैरान बनाएको छ । त्यो समूहले हैरान बनाएको छ । त्यो समूहले डा.महेन्द्र श्रेष्ठ स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा ९ करोड भुक्तानी गर्न दबाब दियो ।
तत्कालीन उपप्रमुख ईश्वरको काम भनेकै कमाउनु थियो । उनले नेपाल ट्रष्टलाई यती समूहको कमाई थलो बनाए । राष्ट्रिय निकुञ्जको जमिन सुम्पिए । नेपाल ट्रष्टको आम्दानी आफैँले खाम आरोप छ । विभूषण समितिबाट माफिया र तस्कलाई फाइदा पुगेको गुनासो छ । पोखरेलले रकम खाए । तिनै पोखरेल अहिले एमालेको वरिष्ठ उपाध्यक्ष छन् । एमाले त्यागेर एकीकृत समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री बनेका विरोध खतिवडालाई ओम्नीको भुक्तानी गर्न दबाब दिँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *