बिचौलियाको डेरा बन्दै बालुवाटार

समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निवास अब बिचौलियाको घेराबन्दीमा पर्दैछ । देउवासँग विद्रोह गरेका सुदूरपश्चिमका सांसद कर्ण मल्लका अनुसार देउवा पत्नी डा.आरजु राणाले कर्मचारी, प्रहरीहरूको मात्र होइन, ठेकेदारहरूसँग काम दिने नाममा रकम कबोल्ने गरेकी छन् । सरकारले नेपाल प्रहरीमा ६ जना डिआइजी थप्ने गृहकार्य गर्दैछ । त्यो काम टुंगोमा पु¥याउने गरी डिआइजी धिरजप्रताप सिंहबाट शक्ति केन्द्रलाई दिलाउन रविन्द्र धानुक, वसन्त लामा, वसन्त पन्थहरूले रकम उठाएका छन् । डिआइजी थप गर्न पाए एआइजी पनि चलखेल गर्न सकिन्छ । र आफूहरू बढुवामा पुग्ने तिनीहरूको रहर छ ।
चैतमा आइजिपी शैलेश थापाको टिम पदबाट अवकाश हुँदैछन् । त्यो बेला आइजिपी बन्ने एकल दाबेदार विश्व पोखरेललाई सहकुल थापाजस्तालाई अगाडि ल्याइएको छ । थापा भक्तपुरका हुन् । उनी आइजिपी बन्न कोसिस गर्दैछन् । तर, प्रहरीभित्रको ठेक्कापट्टामा समेत चासो लिने डा.आरजु देउवाका भाइ भूषण राणाको टोली सक्रिय छ । नेपाल प्रहरीले जाडोमा चुस्ता, गर्मीमा टिसर्ट, कपडाको जुत्ता, झुल खरिद गर्ने र भुक्तानी गर्ने गर्छ । यसपटक जाडोको जर्सी आएकै छैन ।
प्रहरी र सशस्त्रको खरिदमा मात्र होइन, ठूला ठेक्का पट्टामा काम हुने सडक, भवन निर्माण, राष्ट्रिय गौरवका आयोजनाहरूमा पहिला केपी ओली कालमा बिचौलिया हाबी थिए । आज आरजु देउवा हाबी छिन् । उनका भाइहरूले पहिला एयरपोर्टको सटर कब्जा गरेर १० वर्षसम्म नागरिक उड्डयन प्राधिकरणलाई भाडा नतिरी मागेको रेकर्ड छ । डा.आरजुलाई धनगढीमा घर किनिदिएिका शिक्षा माफिया उमेश श्रेष्ठ प्रधानमन्त्री कायृकालमा बिनाविभागीय मन्त्री छन् । उनले बिचौलियाहरूलाई भानु देउवासँग सम्पर्क गराउँदछन् । भानुले भाइ प्रकाश देउवामार्फत डा.आरजुलाई भेटाउने गर्छन् । देउवाको बद्नाम गर्न यो गिरोहमा अरु बिचौलिया भित्रिन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *