कमिसन खान फेरि हेल्मेटमा नयाँ नियम आउँदै

समाचार

काठमाडौं । यातायात व्यवस्था विभागले लगभग १० वर्ष अगाडि नै असफल भइसकेको दुई पांग्रे सवारी साधन मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनु पर्छ भन्ने नियम फेरि लागू गर्ने तयारी गर्न थालेको छ । यात्रुलाई झन्झटिलो र अव्यवहारिक हुने भन्दै दुई पांग्रे सवारी साधन मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लागउनु पर्छ भन्ने नियमको चौतर्फी आलोचना भएपछि यातायात व्यवस्था विभागले यो नियम १० वर्ष अगाडि नै फिर्ता लिएको थियो ।
तर, अहिले फेरि यो नियमलाई ब्युँत्याएर मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हल्मेट लगाउनु पर्छ भन्ने नियम लागू गर्नेतिर यातायात व्यवस्था विभाग अहिले लागि परेको छ । मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्ने नियम आएको अवस्थामा रातारात नै अर्बौ रूपैयाँ बराबरको हेल्मेट बिक्री हुन्छ । दुई पांग्रे सवारी साधनमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्ने नियम आएसँगै अर्बौ रूपैयाँ बराबरको हेल्मेट बिक्री हुने अवस्था आउँदा त्यसबाट आउने कमिसनको कारण नै यातायात व्यवस्था विभागले अहिले फेरि दशक अगाडि नै जनताले अस्वीकार गरी सकेको यो नियम लागू गर्ने कसरत गरी राखेको छ । र, विगतमा जस्तै यो नियमलाई अव्यवहारिक भनेर चौतर्फी आलोचना भएपछि यातयात व्यवस्था विभागले फेरि विगतको जस्तै यो नियमलाई फिर्ता लिनेछ । तर, फिर्ता लिनु अगाडि नै अर्बाै रूपैयाँ बराबरको हेल्मेट भने बिक्री भएर यातायात व्यवस्था विभागका अधिकृतलगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीहरूले कमिसन भने कुम्ल्याई सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *