एकता भंग भएकामा शंकरलाई पछुतो

राजनीति

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् ।
आइतबार सुरू भएको नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको उद्घाटनमा शुभकामना दिँदै पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताए । ‘हामीले एउटै घोषणापत्र बनाएर चुनाव लडेका थियौँ, तर जनमतको आडमा नेकपा बनाएका थियौँ,’ पोखरेलले भने, ‘नेकपाको एकता जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’ पोखरेलले नेपालको वामपन्थी आन्दोलन सही दिशामा नभएको टिप्पणी गरेका छन् ।
‘नेपाली वामपन्थी आन्दोलन सही दिशामा छैन । कार्यनीतिमा देखिएको फरक मतका कारण हामी बोल्नै छोडेका छौँ । नेताहरूको अन्तरकलहमा आधारित नीति बनाउने र त्यसैमा बहकिने प्रवृत्तिबाट वाम आन्दोलन अगाडि बढ्न सक्दैन’, पोखरेलले भने ।
उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरूले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै घोषणा–पत्र लिएर भाग लिएको स्मरण गर्दै उनले एकताका लागि गरेको प्रयास इमान्दार भए पनि त्यसलाई जोगाउन नसकिएको बताए । पार्टी एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको पनि उनले बताए ।
जनअधिकारका प्रश्नमा मिल्न सक्ने, तर जनताले चाहेका विकासका कुरामा दलहरू किन मिल्न सक्दैनन् भन्ने प्रश्नको जवाफ पनि खोज्नुपर्ने बेला आइसकेको उनले बताए । पूर्वाधार विकासका प्रश्नमा कुनै दलले विमति राख्न जरुरी नरहेको उनले प्रस्ट पारे । उनले भने, ‘समाजलाई लाभ गर्ने काम गर्न सक्नुभएन भने पाँच दल, ६ दल मिल्नुको कुनै अर्थ छैन ।’ पार्टी निर्माणमा कार्यकर्ताको सम्प्रभुता र राष्ट्र निर्माणमा जनताको सम्प्रभुतालाई कम्युनिस्ट पार्टीले छाड्न नहुने उनले प्रस्ट पारे ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे नयाँ सोचका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, परराष्ट्र नीतिका सवालमा नेपालका राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने खाँचो पनि उनले औँल्याए । राष्ट्रलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा दलहरू एउटै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । उनले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको पनि बचाउ गरे ।
‘जनताले दिएको जनमत खण्डित भएपछि हामीले जनतामा जाऔँ भनेका थियौँ । त्यसलाई अहिले प्रतिगमनको लेपन लगाइएको छ,’ पोखरेलले भने, ‘जनतामा जाने कुरा कहिल्यै पनि प्रतिगमन हुँदैन ।’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पोखरेलको नाम लिँदै संसद अवरोध गरेर कुनै उपलब्धि हासिल नहुने बताएका थिए ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे नयाँ सोचका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, परराष्ट्र नीतिका सवालमा नेपालका राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने खाँचो पनि उनले औँल्याए । राष्ट्रलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा दलहरू एउटै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
जनअधिकारका प्रश्नमा मिल्न सक्ने तर जनताले चाहेका विकासका कुरामा दलहरू किन मिल्न सक्दैनन् भन्ने प्रश्नको जवाफ पनि खोज्नुपर्ने बेला आइसकेको उनले बताए । पूर्वाधार विकासका प्रश्नमा कुनै दलले विमति राख्न जरुरी नरहेको उनले प्रस्ट पारे । उनले भने, ‘समाजलाई लाभ गर्ने काम गर्न सक्नुभएन भने पाँच दल, ६ दल मिल्नुको कुनै अर्थ छैन ।’ पार्टी निर्माणमा कार्यकर्ताको सम्प्रभुता र राष्ट्र निर्माणमा जनताको सम्प्रभुतालाई कम्युनिस्ट पार्टीले छाड्न नहुने उनले प्रस्ट पारे ।
पोखरेलले नयाँ म्याण्डेटका साथ वामपन्थी आन्दोलनलाई अगाडि बढाउन अब आउने नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको मामिलामा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए । ‘राष्ट्रियताको मामिलामा हामी विभाजित हुनुपर्ने कारण छैन । कतै हामी नेपालमा नियन्त्रित अस्थिरताको शिकार त भइरहेका छैनौँ ? राष्ट्रियता र स्वाधीनताको पक्षमा एकजुट हुनुपर्छ । अधिकारको प्रश्नमा मिल्छौँ, अधिकार र समृद्धिको प्रश्नमा मिल्न नसक्ने कारण के हो ?,’ पोखरेलले प्रश्न गरे । पोखरेलले ‘जनयुद्ध’को क्रममा भएका घटनामा आफूले हिंसा होइन शान्तिको माध्यमबाट गर्नुपर्ने आवाज उठाएको दाबी गरे । पोखरेलले राज्यपुनर्संरचनामा पनि आफू अघि सरेर बहसमा आएको बताए । उनले वाम आन्दोलन सही बाटोमा नहिँडेसम्म नेपाली समाजको रुपान्तरण नहुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *