अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने

राजनीति

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए ।
शुभकामना मन्तव्य दिँदै नेपालले राष्ट्रियताका सन्दर्भमा जुनसुकै विचार बोके पनि सहकार्य हुने बताए । ‘राष्ट्रियताको कुरा हो भने सबै दलहरूको एकता अवश्य हुन्छ । तर, राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुन सक्दैन । कुनै एउटा व्यक्ति वा वंशको दासत्व जनताले स्वीकार गर्दैनन् । त्यसविरुद्ध लडेर लोकतन्त्र सुदृढ बनाउनुपर्छ’, नेपालले भने । उनले राजनीतिक दलहरूको अगुवाइमा राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेको बताए । गणतन्त्र र संघीयतासहितको संविधानको रक्षा गरेर जनतालाई सुशासन दिनुपर्नेमा नेता नेपालको जोड रहेको थियो ।
नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । देशमा नागरिकको अधिकार ठूलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठूलो हुने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन ।’
नेपाली समाजमा विभेद, असमानता, विभेद, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने बताए । समाजवादमा जाने लक्ष्य निर्धारण भइसकेका कारण अब नेपाली विशेषताको समाजवाद कस्तो हुनेछ भनेर नेता, पार्टीहरू, वुद्धिजिवीहरूको बीचमा बहस हुन जरुरी रहेको उनले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो छलफल र बहस आयोजना गर्न सुझावसमेत दिए ।
‘हामीले राजनीतिक क्रान्ति पूरा गरेका छौँ । जनतालाई अब सुशासन दिनुपर्नेछ । त्यसका लागि भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्छ’, नेपालले भने । उनले नेपालमा वामपन्थी विचारप्रति जनताको आकर्षण बढ्दै गएको भन्दै वास्तविक कम्युनिस्ट पार्टीलाई जनताले विश्वास गर्ने बताए ।
नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरूबीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए । नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।
नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरूबीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए । नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।
देशमा नागरिकको अधिकार ठूलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठूलो हुने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन ।’ नेपाली समाजमा विभेद, असमानता, विभेद, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने बताए ।
समाजवादमा जाने लक्ष्य निर्धारण भइसकेका कारण अब नेपाली विशेषताको समाजवाद कस्तो हुनेछ भनेर नेता, पार्टीहरू, वुद्धिजिवीहरूको बीचमा बहस हुन जरुरी रहेको उनले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो छलफल र बहस आयोजना गर्न सुझावसमेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *