पार्टीमा मधेसी नेता किन अटेनन् ?

राजनीति

काठमाडौं । कम्युनिस्ट पार्टीहरू नीतिगत रूपमा तल्लो वर्गलाई सहभागी गराउने भन्छन् । तर, त्यही कम्यनिष्ट पार्टीमा टिक्न नसकेर महेन्द्र यादव, जितेन्द्र देवहरूले एमाले त्यागेका छन् । उपेन्द्र यादव पहिला नेकपा एमालेमा थिए । एमालेले सप्तरी जिल्लामा पार्टी सचिव बन्ने मौका नदिएपछि पार्टी त्यागेर माओवादीतर्फ आकर्षित भए ।
पहिला एमालेमै बसेका महेन्द्र यादव र जितेन्द्र देव जसपाका र कांग्रेस प्रवेश गरे । कांग्रेसमा पनि महन्थ ठाकुर बसेनन् । विजय गच्छदार नेपाली कांग्रेसमा स्थान नपाउनेपछि पन्छिँदै गए । सत्तामा १४ पटकसम्म गइरहने अरुले स्थान नपाउने भएपछि गच्छदार पन्छिँदै गए । भ्रष्टाचार गर्ने मधेसी नेताहरू रघुवीर महासेठ, रामचन्द्र रायजस्ताको लागि सामान्य भयो ।
माओवादी पार्टीमा रहेका प्रभु साहको नाम पनि चर्चामा आउने गर्दछ । उनी पनि भ्रष्टाचारमा चर्चित हुन् । जनताको लागि खेलबाड गर्ने नेता मधेसमा धेरै छन् । तस्करीलाई स्थान दिने जनताको सरोकार राख्ने ठाउँ मधेसका नेता भेटिएन । स्वार्थको कारण कांग्रेस र एमालेबाट पार्टी अदल–बदल हुने कम अझै छ । मधेसमै लोकतान्त्रिक समाजवादी र जनता समाजवादीजस्ता दल छन् ।
रघुवीर महासेठले भाँडभैलो बनाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अहिले रेणु यादव मन्त्री छन् । मन्त्री यादवभन्दा ठेकेदार बलिया छन् । भ्रष्टाचारमा लिप्त मधेसी नेतालाई पहाडिया अनुहारले भेटिन्छन् । देशमा भ्रष्टाचार गर्न पार्टी फुटाउने दल फेरबदल गर्नेले राजनीतिक रूपमा पार्टीमा स्थान नपाएका पनि छन् ।
कांग्रेसले आफ्नो भोट बैंकको रूपमा मधेसलाई लिन्छ । तर, त्यहाँ पदको लागि हुने भिडन्तले पार्टीसमेत क्रियाशील बन्न सक्दैन । त्यहाँका सिके राउतको जनमत पार्टीले मधेसमा आन्दोलन गरेको छ । किसानको मुद्दामा त्यो पार्टी अहिले आन्दोलित छ । मधेसका नेता एमाले, कांग्रेस, माओवादीहरू किसानको समस्यामा टाढिँदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *