२१ दिने आइजिपी बन्न चलखेल

समाचार

काठमाडौं । सशसस्त्र प्रहरीमा २१ दिने आइजिपी बन्न सशस्त्र प्रहरीका एआइजी पुष्पराम केसीले बूढानीलकण्ठ र बालुवाटार दौडधुप बढाएका छन् । केसीले जिल्लाबासीका हिसाबले ओली सरकारका बेलामा विष्णु रिमालको प्रयोग गरेका थिए । प्रशासनमा बसेर सरुवा–बढुवाको फाइल मात्र होइन, वृत्तिविकासको लागि आवश्यक तालिमको कार्यक्रमसमेत थन्क्याएका केसीलाई प्रतिष्ठानमा धकेलेर रामशरण पौडेल प्रशासनमा आएपछि सशसत्र चलमलाएको छ । सशस्त्रको आन्तरिक काम धेरै छन् । तर, केसीको ध्यान दाममा हुँदा उनको सरुवा भएको हो ।
आइजिपी शैलेन्द्र खनाल चैत २१ मा अवकाश भएपछिको २१ दिन उनीहरूमध्ये १ जना आइजिपी बन्ने छन् । अहिले एआइजीद्वयको प्रतिस्पर्धा आइजिपी हुनेमा छ । डिआइजीहरू राजु अर्याल, नारायण दत्त पौडेल, वंशी दाहाल, चन्द्रप्रसाद गौतम एआइजीको प्रतिस्पर्धामा छन् । सशस्त्रमा डिआइजीबाट आइजिपी हुने प्रावधान छैन । आइजिपी खनाल बिदा भएपछि २१ दिनपछि आइजिपीले बिदाई गर्ने र वरिष्ठताका आधारमा राजु अर्याल र नारायणदत्त पौडेलमध्ये एक आइजिपी हुनेछन् । राजनीतिक वातावरण नारायण दत्त पौडेलको छ । गृहमन्त्री कालकृष्ण खाँडले पार्टी उपसभापति पूर्णबहादुर खड्काको जिल्लाबासी भएकाले पौडेलको पहुँच बलियो मानिएको हो । व्यवहारमा पौडेल र अर्याल चतुर खेलाडीको रूपमा चिनिन्छन् । वंशी दाहाल र सिपी गौतम प्रदेश १ र २ मा कमाण्ड गरी फर्केका हुन् । उनीहरूले एक वर्ष राम्रो कमाई गरेको आरोप छ । आलु प्याज पक्रिने, तर काजु, छोकडा, नरिवल, केराउ, सुपारीको तस्करीका लागि उनीहरूले लाइन खोलेका थिए ।
गौतम देश २ मा घुमुवारहित जिल्ला भएको बताएर तस्करहरूलाई जिल्ला इञ्चार्जसँग सम्पर्क गराएर उठाउने गरेको सशस्त्र प्रहरीहरूले नै बताउँछन् । प्रदेश १ र २ मा पर्न सशस्त्रको केन्द्रदेखि नै च्यानल मिल्नुपर्छ । बिओपीहरूलाई जिल्लाले दिने बजेटमा डिआइजीले ¥याल काड्न पाउँदैनन् । त्यसैले सरुवा र बढुवा सिफारिसमै कुस्त कमाई गर्ने गरेका छन् ।
यता बलम्बुमा रहेका एसपी नानीराम हुमागाईंले चलाएको भ्रष्टाचार छानबिन गर्न हलचोकबाट गएका एसएसपी दिपेन्द्र शाहीले एसपी हुमागाईंलाई चोख्याएका छन् । प्रशासनमा नारायणदत्त पौडेलको हालीमुहाली छ । रामशरण पौडेल एआइजिपी नारायणदत्त पौडेल डिआइजी भएको सशस्त्रको आन्तरिक सुधार भनेकै तोकिएको समयमा सरुवा र बढुवा दरबन्दीअनुसार भर्ति खुलाउने हो । तर, सरकारले ४ हजार दरबन्दी थप गरेको छ । सशस्त्रले भने नयाँ भर्ना खोलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *