मन्त्री श्रेष्ठले एमाले नछुने, माओवादी नछाड्ने

राजनीति

काठमाडौं । नेकपा एमाले विभाजित भए पनि संगठनमा ठूला केही नेता घटे । नेता घटे पनि कार्यकता भने घटेनन् भन्ने विश्वास अध्यक्ष केपी ओलीमा छ । देखिएका र चिनिएका ठूला नेता माधव नेपाल, झलनाथ खनाल, राजेन्द्र पाण्डे, राजेन्द्र राईहरू हुन् । मन्त्री पदको लागि माधवनिकट गएका विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, किसान श्रेष्ठ पद र कुर्सीका लागि दौडने नेताको रूपमा लिइन्छ । त्यही कारण यी दुवैले गृह जिल्लामा पुराना एमालेलाई भत्काउन सकेका छैनन् । तर, माओवादी कार्यकतालाई भने अत्याएका छन् । राजनीतिभन्दा कमाउ नीतिमा जोड दिने यी दुवैको विगत बद्नामीपूर्ण छ । आलेले डोल्पामा नेकपा समाजवादीलाई स्थापित गर्न सकेका छ्रैनन् । किसान श्रेष्ठले तनहुँमा एमालेलाई छोएका छैनन् । तिनले माओवादीका कार्यकर्तालाई भानु नगरपालिकाभित्र धम्क्याउने र दुःख दिने गरेका छन् । श्रेष्ठ २०४६ सालसम्म तनहुँको संगम क्लबका गुण्डा थिए । उक्त क्लबमा सुल्पे, हरिकुमार श्रेष्ठ, किसान श्रेष्ठहरू गुण्डाका रूपमा थिए ।
अहिले एमालेको संगठनमा खोट छैन । समाजवादीले कम्युनिस्ट आन्दोलनमा अटाउन नसकेका साध्यबहादुर भण्डारीजस्ताहरू पार्टीमा भित्र्याएर विचार र सिद्धान्त नभएको, तर सत्ता गठबन्धनमा प्रवेश पाएको अवस्था छ । नेकपा समाजवादीका चार मन्त्रीका कुरा चर्का छन् । तर कर्मचारी वर्गमा यिनले राम्रो स्थान लिएका छैनन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा आफैँ भुमरीमा परेका छन् । कोरोनाको कारण आत्तिएका छन् ।
श्रममन्त्री किसान श्रेष्ठले प्रचारमा मानव तस्करको ठगी रोकेको दाबी गरका छन्् । तर, जिल्लामा यिनले पहिला जसको बलले चुनाव जिते त्यसकै विरुद्ध अभियान चलाउँदा आक्रोश बढेको छ । तनहुँमा किसानले गरेको दमनविरुद्ध माओवादी पार्टी कार्यालय पेरिसडाँडामा उजुरी परेको छ । तनहुँको हकमा अब माओवादी र समाजवादीको एकता र सहकार्य नहुने निश्चितजस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *