भक्तपुर मालपोत बस्नुस्, किर्ते गर्नुस्

समाचार

काठमाडौं । बहुमतको राजनीतिक दल सरकारमा आएपछि सरकार स्थायी बन्छ, भ्रष्टाचार कम हुन्छ भन्ने आम जनमानसमा आसा पलाएको थियो । तर, नेपालको राजनीतिक दल सरकार बनेपछि मन्त्री बनेका पार्टीका नेता कार्यकर्ताहरू कामभन्दा पनि दाममा बढी लाग्ने गरेको देखिन्छ । यसरी पैसाको खेलोमेलोमा मन्त्री र मन्त्रीका स्वकीय सचिवदेखि मन्त्रालयका सचिव, सहसचिव, उपसचिव, प्रमुख, उपप्रमुख, डिजी सबै लाग्ने गरेका हुन्छन् । मालपोत कार्यालय, वैदेशिक रोजगार विभाग, भन्सार, कर कार्यालय, राजस्व अनुसन्धान, ठूला करदातालगायतका आम्दानी हुने सरकारी कार्यालयका कर्मचारीहरू कमाउधन्दामा लागेर मनग्ये आम्दानी गरेका छन् ।
यस्तै, गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, भन्सार विभाग, एयरपोर्ट भन्सारलगायतका ठाउँहरू कर्मचारीको रोजाइमा पर्ने गरेको छ । बालुवाटार जग्गा काण्डजस्तै भक्तपुर मालपोतमा पनि यस्तै काण्ड मच्चिएको छ । भक्तपुर मालपोत कार्यालयमा महेश अधिकारी मालपोत प्रमुख छन् । उनी जहाँ गयो त्यही चर्चित बन्ने गरेका छन् । महेश अधिकारी झापा मालपोतमा रहँदा दमकको जग्गा हालसाविक र ठाउँको जग्गा किर्ते गर्दा अख्तियारमा २ वटा मुद्दा खेपेका थिए । सो जग्गा किर्ते गरेर विभिन्न व्यक्ति मिलेर करोडौं खर्च गरी सम्बन्धित व्यक्तिको नाममा ल्याउन सफल भएका छन् । अहिले भक्तपुर मालपोतमा कार्यरत महेश अधिकारी दिउसै लागुपदार्थ सेवन गर्दै सेवाग्राहीसँग घुस असुल्ने गर्दछन् ।
उनी मालपोत अधिकृत भएर जहाँ बस्छन्, त्यहाँ बद्नाम हुने गरेका छन् । अहिले भक्तपुर मालपोतमा बसेर लेखनदास र सेवाग्राहीलाई हैरान पार्ने गरेको स्रोतले तामाकाशी सन्देशलाई जानकारी दियो । मालपोत अधिकृत अधिकारीलाई बेलुका भएपछि रेडलेवल चाहिन्छ, अनि जग्गाको मूल्यअनुसार पैसा चहिन्छ र सुन्दरीको व्यवस्था गर्नुपर्छ भनेर बार्गेनिङ गर्दछन् । उनले बार्गेनिङ नमिलेमा जग्गा पास, रजिस्ट्रेसनलगायतका विभिन्न काममा यो मिलेन, त्यो मिलेन भन्दै पन्छाउने र काम नगरिदिने, सेवाग्राही र लेखापढीलाई दिनभरि कुराउनेजस्ता काम गर्दछन् । उनी प्राय मालदार अड्डामा बस्दै आएको समाचार सूत्रले जानकारी दियो । मालपोत अधिकृत महेश अधिकारी झापा हुँदै भद्रपुर मालपोत कार्यालयमा बसे । त्यसपछि डिल्लीबजार मालपोत कार्यालयबाट अधयागमन विभाग हुँदै एयपोर्ट भन्सारसम्म बसेका व्यक्ति हुन् । उनले मालदार अड्डामा बसेर पेप्सीकोलामा जग्गा खरिद गरी भव्य महल खडा गरेका छन् । उनी जहाँ जान्छन्, त्यहाँका कार्यालय प्रमुखलाई रिजाउन माहिर मानिन्छन् । अहिले भक्तपुर मालपोत कार्यालयमा उनले व्यापक भ्रष्टाचार गरेका छन् । अहिले भक्तपुरमा जग्गाको मूल्य आकासिएपछि जग्गा किन्ने र बेच्नेको भीड लाग्ने गरेको छ । यससँगै भक्तपुरमा मोही र तलसिङबीचमा मुद्दा चल्ने गरेको छ । सो मुद्दा फाँटमा बस्ने कर्मचारी, मालपोत अधिकृत, लेखनदास बीच मोलमोलाई हुने र लाभ कर छल्ने सम्मको काम भएको बताइन्छ ।
भक्तपुर मालपोत जानका लागि मालपोत विभागका महानिर्देशकदेखि भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयमा भीड लाग्ने गरेको छ । यस्तै, भक्तपुर मालपोत अधिकृत महेश अधिकारीले भक्तपुरको २ कित्ता जग्गा किर्ते गरी बिचौलियाले पास गरेपछि लाखौँ कमाएको आरोप लागेको छ । बालुवाटार जग्गाको बारेमा मुद्दा परेपछि मालपोत र नापी कार्यालयमा जान नमान्ने कर्मचारी अहिले फेरि मालपोत र नापीमा जागिर खानको लागि विभिन्न सोर्सफोर्स गरी नेपालका प्रायःजसो मालपोत कार्यालय जानका लागि तछाडमछाड गरिरहेका छन् । विशेषगरी डिल्लीबजार मालपोत, ललितपुर मालपोत, कलंकी मालपोत, भक्तपुर मालपोत, भैरहवा मालपोत, पोखरा मालपोत, विराटनगर मालपोत, वीरगन्ज मालपोत, चितवन मालपोतलगायतका ठाँउमा सरुवा मिलाउन कर्मचारी लागिपर्ने गरेको देखिन्छ । पहिला मालपोत र वैदेशिक रोजगार विभाग भन्सारजस्तै मालदार हुने गर्दथे भने अहिले संघीय मामिला तथा स्थानीय मन्त्रालयअन्तर्गतका कार्यालय पनि कर्मचारीको रोजाइ बन्ने गरेको छ । यो पाँच दलको गठबन्धन सरकार भए पनि मनलाग्दी भ्रष्टाचार बढेर गएको छ । कुनै पनि निकायले भ्रष्टाचारको बारेमा ध्यान दिएका छ्रैनन् । नेता भने भ्रष्टाचारलाई कारबाही गर्ने भन्दै भाषणमै रमाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *