२५ अर्व डुवाएर बाहिरिए डिल्ली अधिकारी

समाचार

काठमाडौं । नेपाल टेलिकम एक जमानामा निकै चर्चामा चल्ने गरेको थियो । नेपाल टेलिकममा शेयर लगानी गर्न तछाड–मछाड लाग्ने गर्दथ्यो । पछि राजनीतिक खिचातानी भएपछि टेलिकमको शेयर लगानीमा टेलिकमका कर्मचारी हाबी भएका थिए । टेलिकमलाई विश्वासिलो भरपर्दा संस्थाको रूपमा मानिन्थ्यो । अहिले त्यही टेलिकम जनताको माझ अविश्वासिलो बन्दै गएको छ । टेलिकमले दिनुपर्ने सेवा सुविधा र गुणस्तर राम्रोसँग नेपालीले पाएका छैनन् । सुविधा पाए पनि राम्रो दिन सकेको छैन । नेटवर्कले काम गर्न छाडेको छ । कहिले कुराकानी गर्दागर्दै बीचमै काटिन्छ । कहिले टावरको लापरबाहीले गर्दा बीचबीचमा सम्पर्क टुट्ने गर्दछ । नेपाल टेलिकमले फाइबर बिछ्याउने कामसमेत समयमा गर्न सकेको अवस्था छैन । अहिले नेपाल टेलिकमले राज्यलाई तिर्नुपर्ने राजस्व अन्य संस्थाले भन्दा पनि कम तिर्ने गरेको छ । दिनदिनै टेलिकम नाफाभन्दा घाटामा गएर ओरालो लाग्दै गएको अवस्था छ ।
टेलिकमको गुणस्तर पनि खस्किँदै गएको छ । टेलिकमको प्रबन्ध निर्देशक राम्रो व्यक्ति भन्दा पनि हाम्रो मान्छे बनाउने खेलोफड्को राजनीतिक दल र टेलिकमभित्रका संघ–संस्थाले गर्न थालेका छन् । टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गने बेलामा राजनीतिक भागबण्डाको चलखेल हुने गरेको छ । तत्कालीन नेपाली कांग्रेसको सरकारको पालामा कामिनी राजभण्डारी प्रबन्ध निर्देशक बन्ने बेलामा विभिन्न राजनीतिक चलखेलको बीचमा कामिनी राजभण्डारी प्रबन्ध निर्देशक बने पनि टेलिकमलाई भरपर्दाे विश्वासिलो बनाउन नसकेको आरोप छ । उल्टै फाइबर काण्ड घोटालामा मुछिएर अख्तियारमा मुद्दासमेत खेपिरहेको अवस्था थियो । कामिनी प्रबन्ध निर्देशक बन्ने बेलामा ४७ अर्ब नाफा कमाउने बाचा गरे पनि उनी प्रबन्ध निर्देशक भएपछि २ अर्बको कामलाई १८ अर्बमा फाइबर बिछ्याउने काममा चिनियाँ कम्पनीलाई ठेक्का दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । कामिनी राजभण्डारीलाई हटाएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले डिल्ली अधिकारीलाई प्रबन्ध निर्देशक बनाएका थिए । डिल्ली अधिकारी नेपाल टेलिकममा अन्य कर्मचारीभन्दा जुनियर कर्मचारी थिए । सिनियरलाई प्रबन्ध निर्देशक नबनाएर जुनियर कर्मचारीलाई प्रबन्ध निर्देशक बनाएपछि बुद्धि आचार्य, सुनिल पोखरेल, संगीता पहाडीहरूलाई बाइसपास गरिएको थियो । नेपाल टेलिकमलाई पहिलो स्थानमा पु¥याउने, नाफामुखी बनाउने योजना थियो । नेपाल टेलिकमलाई ७ अर्ब नाफा दिने बचन अहिले खेर गएको छ । उनले टेलिकम २५ अर्ब डुबाएको बताइन्छ । डिल्ली अधिकारीको म्याद यही पुस २२ गते सकिँदैछ । अब टेलिकमको प्रबन्ध निर्देशक बनेर को आउने हो भन्ने जानकारी त छैन, तर टेलिकमको प्रबन्ध निर्देशकका लागि ९ जनाले आवेदन भने दिएका छन् । हाल टेलिकमको सेवा सुविधा प्रबन्ध निर्देशक बन्नको लागि १५ वर्षबाट घटाएर १२ वर्ष कायम बनाउने काममा सुनिल पौडेल लागेको बताइन्छ । टेलिकममा प्रबन्ध निर्देशक बन्न पाउने अधिकार पुराना अवकाश पाएका कर्मचारीलाई पनि छ । अहिले टेलिकमको विषयलाई लिएर अदालतमा मुद्दा परेको अवस्था छ । नेपाल टेलिकममा पहिलादेखि प्रबन्ध निर्देशक बन्नको लागि पैसाको चलखेल हुँदै आएको छ ।
अहिले जुनसुकै संघ संस्थामा राजनीतिक नियुक्ति खानका लागि लाखौँ पैसा खर्च गर्नुपर्ने भएको छ । यसरी पैसा खर्च गरेर राजनीतिक नियुक्ति खाँदा संस्थानको हितभन्दा राजनीतिक पार्टीको हित गर्ने कार्यकर्ता भर्ना गर्ने थलो बनेको छ । यही राजनीतिक नियुक्तिको कारणले नेपालमा भएका संघ÷संस्थानहरू धरासायी बन्दै गएको छ ।
गोरखापत्र संस्थान, साल्ट ट्रेडिङ, नेपाल आयल निगम, कृषि सामग्री कम्पनी लि., नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, खाद्य संस्थान, दुग्ध विकास संस्थान, विद्युत् प्राधिकरण, नागरिक उडड्यन प्राधिकरण, नेपाल एयरलाइन्सजस्ता सार्वजनिक संस्थानहरू राजनीतिक चलखेलका कारण जहिले पनि घाटामा जाने गरेका छन् । अहिले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न राजनीतिक दलमा हानथाप परेको छ । टेलिकममा कसले बाजी मार्ने हो, टेलिकमलाई राम्रो बनाउने भन्दा पनि हाम्रो मान्छे प्रबन्ध निर्देशक बन्न राजनीतिक दलको हानथाप परेको छ । टेलिकममा प्रबन्ध निर्देशक बन्नका लागि ९ जनाले निवेदन दिएका छन् । ९ जनामध्ये चारजना टेलिकम बाहिरका रहेका छन् । बाहिरबाट निवेदन दिने व्यक्तिहरू नागेन्द्र दास बाहिरबाट, अर्जुनबाबु ढकाल खानेपानीका तत्कालीन महाप्रबन्धक रहेका छन् । अम्लेङ नारायण सिंह बाहिरबाट, दीपक बहादुर शाही त्रिविका प्रोफेसर, सुनिल पौडेल बाहिरबाट टेलिकमको प्रबन्धक बन्नलाई चलखेल गरेका छन् भने टेलिकमभित्रका पुराना अवकाश भएका व्यक्ति प्रदीप उपाध्याय, बुद्धिप्रसाद आचार्य, सुरजसिंह थापा छन् भने संगीता पहाडी कार्यरत रहेका छन् । यसरी टेलिकममा प्रबन्ध निर्देशक बन्नलाई बाहिरका मान्छे व्यक्तिभन्दा टेलिकमका पुराना र अनुभव भएका व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउँदा टेलिकमलाई फाइदा हुने कुरा कर्मचारीहरूले बताउन थालेका छन् । कर्मचारीले तत्कालीन कामिनी राजभण्डारीसँग प्रतिस्पर्धा गरेका प्रदीप उपाध्याय, बुद्धीप्रसाद आचार्य, सुरज सिंह थापा, संगिता पहाडीले प्रबन्ध निर्देशक बन्नको लागि आवेदन दिएका व्यक्ति हुन् भने बुद्धिप्रसाद आचार्य अवकाश भइसकेका छन् । प्रदीप उपाध्याय पनि टेलिकमबाट अवकाश भएका छन् । तत्कालीन कामिनी राजभण्डारीले लाखौँ भेटी चढाएर टेलिकमको प्रबन्ध निर्देशक बन्न सफल भएकी व्यक्ति हुन् । उनले टेलिकमलाई डुबाएको आरोप लाग्ने गरेको छ । अहिले सुनिल पौडेल टेलिकमको प्रबन्ध निर्देशक बन्नको लागि विभिन्न शक्ति केन्द्रमा सामदामको प्रयोग गर्दै टेलिकमको प्रबन्ध निर्देशक बन्न लागि परेको बताइन्छ । टेलिकमलाई गुणस्तर बनाउने काम गर्ने इमान्दार, कर्मचारी चाहिने र टेलिकमभित्र काम गरेको ज्ञान र क्षमता भएको व्यक्ति टेलिकमलाई दिनुपर्ने विज्ञहरूको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *