तराईमा शितलहर फैलिएसँगै त्यहाँका बासिन्दाको दैनिक जीवन अत्यन्त कष्टकर रूपमा गुज्रिराखेको छ । हरेक वर्ष हिउँदको जाडो सुरु भएसँगै तराईमा शितलहर पनि आउने गर्दछ । पुस, माघको ठिहीसँगै आउने शितलहरले त्यहाँको दैनिक जीवनलाई थप कष्टकर बनाउँछ । पुस, माघको ठिहीसँगै आउने शितलहरलाई थाम्न नसकेर कतिपय अशक्त वृद्धाहरूको निधन पनि हुने गरेको छ । अहिले पनि २ नं. प्रदेशका जिल्लाहरूमा शितलहरको चिसोबाट दुई जना वृद्धाको मृत्यु भइसकेको छ । अहिले चलिराखेको शितलहरबाट जोगिन तराईका जनताहरूले पराल बाल्ने तथा परालमा नै सुत्ने गरेको समाचार सार्वजनिक भई राखेको छ । अर्थात् यो पुसको ठिहीमा चलेको शितलहरले तराईको दैनिक जीवन अत्यन्त कष्टकर बनाई दिएको छ ।
हरेक वर्ष हिउँदे लागेसँगै ठण्डी हुने र शितलहर चल्ने क्रम प्रकृतिको नियमअनुसार निरन्तर रूपमा चल्दै आएको छ । तर, खास गरेर २ नं. प्रदेशका जनताले भने पुस, माघको ठिही र शितलहरबाट पुग्ने कष्टलाई नभोगिकन यो समस्याको अनुभव गरेको देखिएन । यदि उनीहरूले पुस, माघको ठिहीसँगै शितलहर पनि आउँछ र त्यसबाट बच्नका लागि विभिन्न उपाय गर्नुपर्छ भन्ने सोच राख्ने गरेका भए हरेक वर्ष पुस, माघ आएसँगै आउने ठण्डीले ल्याउने शितलहरबाट यति कष्टकर दैनिक जीवन उनीहरूको हुने थिएन । खास गरेर २ नं. प्रदेशका जनताले यो मामिलामा हरेक वर्ष छेपारोको कहावतलाई दोहो¥याउने गरेको देखिन्छ । उक्त कहावतअनुसार पुस, माघ लागेसँगै ठण्डीबाट बच्नका लागि घाम ताप्दै छेपारोले त अर्को वर्ष त घर बनाउँछु भन्ने निर्णय गर्छ अरे ! तर, ठण्डी समाप्त भएसँगै छेपारोले यो निर्णय पनि बिर्सने गर्दछ अरे ! पुस, माघको ठण्डी र शितलहरको सम्बन्धमा भने तराईका जनताको अवस्थालाई छेपारोको यही कथासँग जोड्न उपयुक्त हुने देखिन्छ । किनभने हरेक वर्ष आउने ठण्डी र शितलहरबाट जोगिनेतिर अहिलेसम्म तराईका जनताले कुनै पहल गरेको देखिँदैन । यही कारणले गर्दा नै तराईका जनताले हरेक वर्षको ठिही र शितलहरसँगै अत्यन्त कष्टकर जीवन बिताउन परी राखेको छ ।
तराईमा भन्दा बढी ठण्डी पहाडी र हिमाली भेगमा हुने गर्दछ । तर, अहिलेसम्म ठण्डीको कारणले पहाड र हिमाली भेगका जनताले अत्यन्त कष्टकर जीवन बिताउन प¥यो तथा ठण्डीकै कारण यो क्षेत्रका जनताले ज्यान समेत गुमाउनु प¥यो भन्ने समाचार अहिलेसम्म आएको छैन । ठण्डीबाट जोगिनका लागि मनाङ, मुस्ताङका जनता पोखरातिर झर्ने गर्दछन् भने अन्य क्षेत्रका जनताले ठण्डीबाट जागिनका लागि आगो बाल्ने उपाय अबलम्बन गर्ने गर्दछन् र यसका लागि अवाश्यक पर्ने दाउराको बन्दोबस्त ठण्डी मौसम सुरु हुनु अगाडि नै गरेका हुन्छन् । यो मामिलामा बुझ्नु पर्ने के छ भने बाढी पहिरो तथा आगजनी त्यस्तो प्राकृतिक विपत्ति हो जसका बारेमा कसैले पनि निश्चित समय तोकेर भविष्यवाणी गर्न सक्दैनन् । तर, हरेक पुस, माघले ठण्डी ल्याउँछ र त्यो ठण्डीले तराईमा शितलहर ल्याउँछ भन्ने जसले पनि भन्न सक्दछ । तर, पुस, माघसँगै ठण्डी आउने र त्यो ठण्डीले ल्याउने शितलहरबाट जोगिन तराईका जनताले अहिलेसम्म कुनै पहल गरेको देखिँदैन । यही कारणले गर्दा पनि हिउँद लागेसँगै तराईका जनताको दैनिक जीवन अत्यन्त कष्टकर हुने गरेको छ ।
यो मामिलामा बुझ्नु पर्ने पक्ष अर्को के पनि छ भने शितलहरबाट अत्यन्त कष्टकर जीवन बिताउन थाले पछि तराईका जनतालाई राहत पु¥याउन विभिन्न समाजिक संस्थासँगै सरकारका निकायहरू पनि अगाडि आउने गर्दछन् । खास गरेर नेपाल प्रहरी श्रीमती संघ, नेपाली सेना श्रीमती संघ, नेपाल रेडक्रसलगायतका सामाजिक संस्थाहरू र सरकारी निकायहरूले तराईमा शितलहर र ठण्डी बढेसँगै त्यहाँका जनतालाई राहत पु¥याउन भनेर कम्बलदेखि न्याना लुगाहरू हरेक वर्ष वितरण गर्ने गर्दछन् । सामाजिक संघ संस्थाले हरेक वर्ष ठण्डीबाट जोगिन कम्बललगायतका विभिन्न कपडाहरू वितरण गरे पनि अर्को वर्षको ठण्डी याममा पुरानै नियतिलाई दोहो¥याउँदै तराईका जनताले शितलहर र ठण्डीबाट जोगिनका लागि पराल बाल्ने गरेको समाचार आउने गर्दछ । यो मामिलामा बुझ्नु पर्ने अर्को पक्ष के छ भने तराईका बस्तीनिकट सानाठूला जंगल हुने गर्दछन् । तर, पुसको ठिही र शितलहरबाट जोगिनका लागि त्यही जंगलबाट दाउरा ल्याउने कष्ट समेत तराईका जनताले गरेको देखिँदैन । सबै तराई भूभागमा ठण्डी बढेसँगै शितलहर पनि चल्ने भए पनि ठण्डी र शितलहरको चर्को चपेटामा भने खास गरेर २ नं. प्रदेशका जिल्लाहरू पर्ने गरेको देखिएको छ । २ नं. प्रदेशका जनता लापरबाह अथवा ‘गतिछाडा’ भएको कारणले गर्दा हरेक वर्ष यो समस्या दोहोरिने गरेको हो भन्नु पर्ने अवस्थासमेत देखिएको छ ।
त्यसकारण हरेक वर्ष दोहोरिने यो प्राकृतिक प्रकोपप्रति स्थानीय जनता नै सचेत भएर अगाडि बढ्नु पर्ने तथा यो प्रकोपबाट बच्नका लागि विभिन्न उपाय गर्नेतिर पहल गर्नु पर्दछ । तर, अहिलेसम्म हरेक वर्ष चिसो बढेसँगै यो प्राकृतिक चुनौतीको सामना गर्न लत्ताकपडा नभएको भन्दै पराल बालेर यो कष्टकर समस्याको सामना गर्नु परेको भन्ने भनाई आउने गरेको छ । त्यस कारण सबभन्दा पहिले स्थानीय प्रशासनदेखि सामाजिक संस्थाले हरेक वर्ष हिउँद लाग्नु अगाडि नै पुस, माघमा ठण्डी बढ्छ र ठण्डी बढेसँगै शितलहर पनि आउँछ त्यस कारण यो समस्याबाट जोगिनका लागि आफ्नो हैसियतअनुसारको तयारी गर्न सचेत रहनु पर्दछ भने हरेक वर्ष यी जनतालाई ठण्डीबाट जोगिनका लागि कम्बल वितरण गर्नु पर्ने अवस्था किन आउँछ भन्नेतिर पनि सम्बन्धित निकायले अध्ययन गर्न जरुरी छ । किनभने ठण्डीबाट जोगिनका लागि दिएको कम्बल बढीमा तनि महिना मात्र उपयोग हुन्छ । यो हिसाबले एउटा कम्बलले कम्तीमा १० वर्ष ठण्डीलाई धान्न सकिन्छ भन्न सकिन्छ । तर, तराईका जनतामा भने यो वर्ष कम्बललगायतका अन्य न्यानो पोशाकहरू वितरण गरे पनि अर्को वर्ष उनीहरूले आफ्नो अवस्था नांगो भएको भन्दै राहत र सहयोगको याचना गर्ने गर्दछन् । तर, उनीहरूलाई उपलब्ध गराएको कम्बललगायतका अन्य लत्ताकपडा कहाँ पु¥याए भन्नेमा न उनीहरूले स्पष्ट पार्ने गरेका छन् न त दाताले यस सम्बन्धमा चासो राख्ने गरेको छ । त्यस कारण तराईका जनतालाई ठण्डी र शितलहरबाट जोगाउनका लागि सबभन्दा पहिले हरेक वर्ष दोहोरिने यो प्राकृतिक प्रकोपबाट बच्नका लागि पहिले नै उपाय गर्नेतिर सचेत गराउन अवाश्यक देखिन्छ भने यसैगरी शितलहर र ठण्डीबाट बच्नका लागि हरेक वर्ष दोहो¥याएर कम्बललगायतका अन्य समाग्री उपलब्ध हुन सक्दैन र हिउँद सकिएसँगै अर्को वर्षका लागि यी सामग्रीहरू जोगाएर राख्न उनीहरूलाई सचेत गराउनु पर्दछ । किनभने हरेक वर्ष यो प्राकृतिक चक्र दोहोरिरँदा यही ताल कायम गरी राख्ने हो भने तराईका जनता यो प्राकृतिक प्रकोपले पार्ने असरबाट बच्न सक्दैनन् ।