कमलले गरे आनन्दका सम्बन्धमा बतासे टिप्पणी

राजनीति

एकताको महाधिवेशनमा सम्पन्न भएको अध्यक्षमा राजेन्द्र लिङदेनसँग नराम्रो पराजय भोगेपछि पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रमक रूपमा प्रस्तुत हुँदै आएका र तल्लो तहमा पुगेर पूर्वराजा ज्ञानेन्द्रका सम्बन्धमा तितो प्रतिक्रिया दिँदै आएका कमल थापा अहिले चर्को विवादमा परेका बतास समुहका कार्यकारी प्रमुख आनन्दराज बतासप्रति भने अत्यन्त सम्मानका साथ प्रस्तुत भएका छन् । नारायणहिटी राजदरबारको जग्गालगायत पशुपति विकास कोषको धर्मशालासमेत कब्जा गरेको भनेर विवादमा परेका बतासलाई राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने ठूलो भलाद्मी र त्यागीको संज्ञा दिएका छन् । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा चुनाव खर्च पाएको र दौडधुपको लागि मोटरसमेत पाएको कारणले गर्दा अहिले सर्वत्र ठग भनेर बद्नाम भई राखेका आनन्द बतासलाई उच्चकोटीको भलाद्मी र त्यागी भनेर संज्ञा दिएका छन् । एक महिना अगाडि सम्पन्न भएको एकताको महाधिवेशनको क्रममा आफ्नो तर्फको निर्वाचन परिचालन गर्ने तथा कार्यकर्ता भेटघाट गर्न कमल थापाले यही धर्मशालालाई उपयोग गरेका थिए । तर, कार्यकर्ता भेटघाट भृकुटीमण्डपबाट टाढा हुने निष्कर्ष निकाल्दै कमल थापाले कार्यकर्ता भेटघाटको काम नारायणहिटी दरबारबाट अगाडि बढाएका थिए । चुनावका लागि पैसा र जनसम्पर्कका लागि कार्यालयसमेत उपलब्ध गराएकै कारणले गर्दा कमल थापाले बतासको उच्च मूल्यांकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *