संग्रहालयको सम्पत्तिमा बिचौलियाको रजाइँ

समाचार

काठमाडौं । नारायणहिटी संग्रहालय अर्थात् गणतान्त्रिक पार्कको रेखदेख गर्ने कार्यालय प्रमुख भेषनारायण दाहालको चाप्लुसी व्यवहारको अहिले एकाएक भण्डाफोर भएको छ । ईश्वर पोखरेललाई थैली चढाएर पुरातत्व विभागअर्थात् राष्ट्रिय संग्रहालयको महानिर्देशकबाट बाहिरिएपछि नारायणहिटी संग्रहालयको कार्यकारी बनेका दाहालसमेत बतास काण्डमा सहभागी भएका छन् । छानबिनमा उनी पनि तानिएका छन् । संग्रहालयको क्षेत्रको जमिन र भवन बनाउँदा मासिक २ लाख २१ हजार लिएर दरबारभित्र देखिएका गाडी पार्किङसमेत १० रोपनी भन्दा बढी कब्जा गरेको बतास समूह आफैँले ठेक्का कब्जा गर्न आफ्नै तीनवटा कम्पनीबीच प्रतिस्पर्धामा सहभागी भएको थियो । १० रोपनी जमीन र भवनको भाडा मासिक २ लाख २१ हजार मनासिव हैन ।
दरबारको ऐतिहासिक संरचना भत्काउन र भाडामा कैफियत गर्न जान्ने समूह तत्कालीन सरकारको बेला चर्चित थियो । बतास समूहले दरबारको मात्र होइन, पशुपति क्षेत्र विकास कोषको धर्मशालालाई होटलमा रूपान्तरण गर्न पाउने अधिकार दिने तत्कालीन ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराईसमेत मुछिएका छन् । लेनदेन बिना कुनै कानुनी प्रक्रियाको समेत व्यवस्थापन नगर्ने क्रान्तिकारी चलन थियो । समृद्धि र विकासका कुरा जति गरे पनि तत्कालीन सरकारले देशको भौतिक संरचना ध्वस्त बनाइएको रहेछ भन्ने कुरा अहिले धमाधम देखिएको छ ।
प्राकृतिक स्रोत संरचनाको रक्षा गर्ने राज्यका संचालक नै कमिसनमुखी माफिया र बिचौलियाको जालमा थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण, नारायणहिटी संग्रहालयजस्तो ठाउँमा भएको मनपरीको छानबिन हुने हो भने देउवा सरकारको गतिविधि बाहिर आउँछन् ।
वायुसेवा निगमलाई धरासायी बनाउने र यती समूहको जहाजको व्यापार बढाउन भएका प्रयासमध्ये डिमप्रकाश पौडेललाई वायुसेवा निगमको महाप्रबन्धक बनाउनु हो । पौडेल यती समूहका हर्ताकर्ता भएका थिए । अहिले प्रेम आले पर्यटनमन्त्री भएर काम देखाइरहेका छन् । बतास समूहले प्राकृतिक स्रोतमा गरेको हस्तक्षेपको नमुना त पाए, तर यती समूहले कब्जा गरेको दरबार मलको भाडा सम्झौता ६ वर्ष बाँकी छँदै ३० वर्ष थप्दाको बेला आफैँ वनमन्त्री भएको ठेक्का राखेका छैनन् । पयर्टन मन्त्रालय सुधार गर्नको लागि मन्त्री नफसे हुन्छ । अहिले दरबारमार्गको महँगो जग्गा जमीन बतास समूह र यती समूहको कब्जामा छ । नेपाल ट्रस्टमा मनपरी गर्नकै लागि अध्यक्ष फेरिएको थियो । ईश्वर पोखरले ट्रस्टको अध्यक्ष बन्दा देखाएको बाटो स्मरणीय छ । ट्रस्टको सम्पत्ति शिक्षा र स्वास्थ्यमा लगाउन पाइन्छ, तर व्यापार व्यावसायमा होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *