ओमिक्रोन सन्दर्भः सरकार प्रावधान राख्दै, जनता उल्लघंन गर्दै

समाचार

काठमाडौं । कोरोनाको नया“ भेरिएन ओमिक्रोनको तीव्र फैलावटलाई मध्यनजर गर्दै सरकारले भीडभाडमा सम्मेलन नगर्न र नगराउन, २५ जनाभन्दा बढी उपस्थित हुन नगर्न भनेता पनि भित्री रूपमा राजनीतिक दलले सभा–सम्मेलन गरिरहेका छन् । होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू भित्री रूपमा सञ्चालन भइरहेको अवस्था छ । चोक गल्लीमा भीडभाड बढेको अवस्था छ । यातायात सञ्चालनमा भीडभाड भइराखेको छ । यातायात व्यवसायीले यात्रु कोचाकोच गरी सञ्चालन गरिराखेका छन् भने सरकारी निकायमा भीड लागिरहेको छ । राजनीतिक संगठनका कर्मचारीले सभा–सम्मेलन चलाएका छन् । कर्मचारी, नेतादेखि राजनीतिक दलका नेता सभा–सम्मेलनमा सहभागी भएका छन् । कर्मचारी वर्ग आम्दानी नहुने ठाउ“का कार्यलयमा गएका छैनन् । आम्दानी हुने अड्डामा भीडभाड गरेका छन् । बेलुका भएपछि रेस्टुरेन्ट गएकै छन् ।
शैक्षिक संस्था तथा विद्यालयहरू बन्द अवस्थामा छन् । मठ मन्दिरहरू खोलिएको छैन । तर, पनि भक्तजनहरू मन्दिरमा धाएकै छन् । बाटोघाटोमा अधिकांश मास्क बिना देखिन्छन् । सेनिटाइजरको प्रयोग गरेको पाइँदैन । खाद्यान्न पसलदेखि तरकारी, फलफूल पसलमा भीड लाग्ने गरेकै छ । यसतर्फ सरकारले खासै ध्यान दिएको छैन । मालपोत, कर कार्यालय, सरकारी वकिलको कार्यालयदेखि यातायात व्यवस्था कार्यालय, प्रहरी कार्यालयहरू, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, एयरपोर्ट भन्सार कार्यालयदेखि राहदानी विभागसम्म हुने गरेको छ । अन्य आम्दानी नहुने शाखामा कर्मचारीको उपस्थिति नै छैन भने सेवाग्राही भने कम आउने गरेका छन् । अस्पतालमा विभिन्न बिरामीहरूको भीड लाग्ने गरेको छ । खोप लगाउनेको भीड लागेको छ । चिया पसलहरूमा पनि भीड लाग्ने गरेको छ । चोक चोकमा व्यापारीले भीड गराएका छन् ।
पशुपति आर्यघाटमा पनि भीड लागेकै छ । गैरसरकारी संस्थादेखि बैंकिङ क्षेत्रमा पनि उस्तै भीड छ । तरकारी पसल, होलसेलदेखि थोक बिक्री वितरण हुने स्थानमाहरूमा पनि भीड छ । यसको अनुगमन सरकारले गर्न सकेको छैन । नेपालीहरूले कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई खासै वास्ता गरेको पाइँदैन । प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ भने कतिपयले परीक्षण नै नगराई घरमै होम आइसोलेसनमा बसेका छन् । सरकारले अस्पतालमा बिरामीको उपचार राम्रोसँग नगरिएको आरोप लाग्न थालेको छ । युवा–युवतीहरूको विदेश जानको लागि राहदानी विभागमा भीड लाग्ने गरेको छ ।
हुनतः नेपाली जनतालाई रोगको भन्दा गरिबी र भोकको चिन्ताले सताएको अवस्था छ । एकातिर काम छैन भने अर्काेतिर चिसो बढेर मजदुरले काम गर्ने अवस्था छैन । त्यसैमाथि कोरोना भाइरसको संक्रमणले गरिब मुलुक नेपालका जनतालाई सताइरहेको छ । नेपालमा कोभिडको मृत्युदर न्यून रहे पनि आम नेपालीले सामाजिक दूरी कायम गरी होसियार बन्नु जरुरी देखिन्छ । अहिले स्थानीयदेखि प्रदेश सरकारको कार्यालयमा व्यापक भीड बढेर गएको छ । प्रायःजसो तराईका जिल्लामा भारतबाट दिन–प्रतिदिन नेपाल भित्रिने र सरकारी कामको लागि सरकारी कार्यालयमा भीड जम्मा हुने गरेको छ । यसतर्फ बेलैमा सतर्क रहन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *