सुरक्षा फौजभित्र यस्तो छ जालझेल

समाचार

काठमाडौं । लोकाचार प्रथामा चलेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरूले बैशाख १८ गते सेवा अवधिको ३० वर्षे कार्यकाल पूरा गर्दैछन् । दुवै प्रहरी प्रमुखले मुलुकमा गतिलो काम गर्न सकेनन् । दुवैले तत्कालीन एमाले सरकारको ‘जी हजुरी’ गरे र आज नेपाली कांग्रेसका नेताहरूको चाकडीमा लागेका छन् । संयोगवश यो वर्ष नेपाली सेना र गुप्तचरले समेत नयाँ नेतृत्व पाएको छ । नेपाल प्रहरीका आइजिपी शैलेश थापाको बिदाइपछि आइजिपी बन्ने विश्व पोखरेल नाताले जेठान पर्ने चोलेन्द्रशमशेर राणाविरुद्ध कालो कोट लगाउनेहरूको आन्दोलन निराश बनाउँदा पोखरेलका समकक्षी डिआइजीहरू रविन्द्र धानुक, धीरजप्रताप सिंहको हड्डी खुस्कियो । तर, भक्तपुर घर भएवापत रातारात एआइजी बढुवा भएर फुली लगाएर गाडी चढे पनि सहकुल थापाले स्थान नपाउँदा कांग्रेसका गृहमन्त्री बालकृष्ण खाँडले टेर पुच्छर लगाएका थिएनन् । तर, थापा एमालेको पहुँचबाट अगाडि बढेको कारण पनि गृहमन्त्री खाँड उनीप्रति पूर्वाग्रही बनेका थिए ।
लोकाचारमा चलेको अपराधी र गुण्डाकै चासो लिने र कारबाही गर्न नसक्ने प्रहरीले निर्मला पन्तको बलात्कार र हत्याको गहिराइमा भने पुगेन । किनकि, त्यहाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापाको परिवार जोडिएको थियो । प्रहरीले जहाँ निर्मला पन्त बलात्कृत भइन त्यो घरका युवतीहरूलाई छानबिनको दायरामा नै ल्याएन । त्यही प्रहरीले नेतृत्व चयन गर्दा पैसा र न्यायाधीश सँग–सँगै दौडिएका नवराज सिलवाल नेकपा एमालेका नेता बनेका छन् । कांग्रेसका जयबहादुर चन्द अख्तियारको आयुक्त भएका छन् । सिलवालको पार्टी नेकपा एमाले संसदबाट कानुन बनाउने ठाउँमा छ, तर संसद नै चल्न दिँदैन । जयबहादुरको पार्टी सरकारमा छ, उसले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँच चुनाव खर्च माग गर्दैछ ।
उता आसैआसमा कांग्रेस
नेपाल प्रहरीमा विश्व पोखरेलजस्ता व्यक्तिसँग कांग्रेसले कति आश गर्छ । सशस्त्रमा २१ दिने आइजिपी हुने पुष्पराम केसीले के खर्च गर्लान् ? उनीपछिका प्रतिस्पर्धी राजु अर्याल शुद्ध काँठ क्षेत्रका परे । उनले राजन केसीलाई बोकेका छन् । सुर्खेतका नारायणदत्त पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको जिल्लाबासी भएकोले पौडेल नै शक्तिशाली देखिन्छन् । अत्याचार त प्रहरी फोर्समा नै छ । ठूलो पदकै निम्ति नेतादेखि मन्त्रीसम्मले चासो दिने गरेका छन् । सानो पदमाथिको अत्याचार कांग्रेसका नेताले पत्याउँदैनन्, कम्युनिष्टले चासो राख्दैनन् ।
प्रहरीबाट कमाउने नेता
कम्युनिस्ट नेता ईश्वर पोखरेलदेखि महेश बस्नेत र गोकुल बाँस्कोटासम्मले प्रहरीबाट पैसा कमाएको बताइन्छ । कांग्रेसी नेता शंकर भण्डारीदेखि नैनसिंह महरसम्मले प्रहरीको सरुवा बढुवामा राम्रै कमाई गरेको आरोप लागेको छ । प्रहरीको सरुवा–बढुवामा पैसा कमाएका नैनसिंह महर र शंकर भण्डारी पार्टीको केन्द्रीय सदस्य बनेका छन्, गाडी किनेका छन् । एमालेका नेताले त्यतिसम्म गर्न भएका छैनन् । बरु पर्शुराम बस्नेत, रमेश बाहुनजस्ताले लगानी नगरी कमाई गरेकाहरूको पार्टनर बनेर पनि महेश बस्नेतले भक्तपुरमा चुनाव जितेको आरोप छ ।
२१ दिने आइजी
सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी र रामशरण पौडेल केपी ओलीको सरकारमा शैलेन्द्र खनाललाई धोका दिएर आइजीपी बन्नका लागि विष्णु रिमालको चाकडी धेरै गरेका थिए । प्रशासनमा भएका केसीले आन्तरिक सरुवा बढुवा गर्न नमान्दा एक वर्ष नपुगेको जिल्लाका कमाण्डरहरूलाई कमाउने थलो दिएका छन् । जबकि केसीलाई प्रशिक्षणमा थन्काइएको थियो । प्रशासनमा रामशरण आए अनि बल्ल प्रदेशका डिआइजी, एसएसपी र एसपीहरूको सरुवा भयो । २१ दिने आइजिपीले सशस्त्र जस्तो छ हुने त्यस्तै हो । पुष्परामले संगठनबाट कमाए संगठनलाई गुटबन्दीको खेती गराएकै हुन् ।
साथ नपाउने माओवादी
जनयुद्धमा प्रहरीलाई माओवादीको खाजा भनियो । त्यहाँ संगठनभन्दा कांग्रेस र एमालेका प्रहरी छन् । गृहमन्त्री भए पनि त्यो माओवादीले आफ्नो पालामा भर्ना गर्ने काम गरेन । मन्त्री माओवादीको काम गर्ने, एमाले र कांग्रेसको त्यो प्रहरीले प्रचण्डको पिएसोमा बसेका अधिकृतहरूको सरुवा नियोजित रूपमा गर्दैन । जबकि विश्व पोखरेलजस्ता व्यक्ति सबै पार्टीमा समान व्यवहार गर्ने एआईजी प्रशासनमा छन् । एसएसपी दीपक थापा पनि त्यहीँ छन् । उनीहरू बरु गुण्डा र ठगहरूसँग मिलेर पैसा कमाउँछन्, अपराध दबाउँछन् । माओवादी नेताले अत्यधिक उपस्थित गराए पनि कारबाही गर्दैनन् । मधेसमा तस्करीलाई कारबाही नहुनु पनि त्यसको प्रमाण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *