आजको नतिजा आजै

समाचार

काठमाडौं । राष्ट्रियसभाको १९ पदको निर्वाचन आज सातै प्रदेशमा सम्पन्न हुँदैछ । प्रदेश सभाका सांसद र स्थानीय जनप्रतिनिधि, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख मतदाता रहेका छन् । प्रदेशको राजधानीमा मतदान केन्द्र भएकाले गाउँ–ठाउँबाट आफ्ना मतदातालाई पाँच दलको गठबन्धन र प्रमुख प्रतिपक्षले हिजैदेखि तयारी गरेका छन् ।

यसपटक राष्ट्रियसभामा एमालेका ८ जना, माओवादीका ४ जना, कांग्रेसका ४ जना, नेकपा समाजवादीका १ जना, जसपाका २ जना गरी १९ सिट खाली हुँदैछ । फागुन २१ बाट खाली हुने १९ सिटसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिट समेत २० जना खाली सदस्यको आज चुनाव हुन लागेको हो ।
निर्वाचन आयोगले बिहान ९ बजेबाट मतदान सुरु गरी ४ः३० सम्मलाई समयतालिका तोकेको छ । आफ्नै प्रदेश राजधानीमा मतदान र जनगणना हुने भएकाले नतिजा आजको आजै प्रकाशित हुने आयोगले बताएको छ । यो निर्वाचनमा नेकपा एमाले असफल हुने देखिन्छ । किनकि सत्ता गठबन्धनको मतभार धेरै छ । एमालेले लोकतान्त्रिक समाजवादीसँग समेत गठबन्धन गरेन । हार्नका लागि गठबन्धन पनि आवश्यक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *