भारतले नेपाली सीमा आतंक मच्चाउँदै

समाचार

काठमाडौं । नेपालको छिमेकी भारतले छिमेकीलाई वचनले माया देखाएर व्यवहारले दमनकारी व्यवहार प्रदर्शन गर्दा सिंहदरबार मौन छ । ७३औँ गणतन्त्र दिवसकै दिन जनवरी २६ कै दिन भारतले लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको सुस्तामा एकतर्फी सडक विस्तार गरेर नेपाली भूमि मिच्न सफल भएको अवस्था छ ।
कालापानी, लिम्पियाधुरा, लिपुलेक हुँदै मानसरोवर तीर्थयात्री सडक बनाउँदै आएको छ । नेपाली भूमिमा एकतर्फी सडक निर्माण गरेर भारतले छिमेकी नेपालप्रति दर्शाएको हेपाहा शैलीले सार्क क्षेत्रको डनवादी हैकम देखिएको छ । यस्तै डनवादी बन्दा पाकिस्तानले भारतसँग काश्मिर विवाद छाडेको छैन । भारतकै कारण क्षेत्रीय सहयोग संगठन सार्क छिया–छिया भएको अवस्था छ ।
भारतसँग नेपालीहरू आफ्नो स्वतन्त्र राष्ट्रको अस्तित्व देखाउन नसक्नुको कारण बारम्बार नेपाली भूमिमाथि अतिक्रमण परेको अवस्था हो । स्व.मनमोहन अधिकारीको सरकारले भारतसँग भएका असमान सन्धीको समय अनुकूल परिमार्जन गर्नुपर्छ भनेर भारतीय समकक्षी आइके गुजरालसँग कुरा राखेका थिए । एमालेकै केपी ओली प्रधानमन्त्री हुँदा नेपालीको हितमा बोले, तर भारतीय समकक्षी नरेन्द्र मोदीसँग स्पष्ट अडान लिएनन् । ओली सरकारकै पालामा भारतले लिम्पियाधुराबाट मानसरोवर सडक धमाधम निर्माण गरेको छ । मधेसी नेता मुख खोल्दैनन् किनकि उनीहरू सिंहदरबारमा राष्ट्रवादी बन्छन्, गृह जिल्ला पुगेपछि लम्पसारवादी हुन्छन् । राष्ट्रियताको सवालमा नेपालको एकै दृष्टिकोण नहुँदा भारतले हेपेको हो । गणतन्त्र दिवस जति वर्षको मनाए पनि छिमेकमाथिको दमनमा भारतीय दादागिरी चर्कंदा जनता आक्रोशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *