गठबन्धन सरकार विघटन गर्न कांग्रेसभित्र लफडा

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वरिपरि भजन मण्डलीको नेपाली कांग्रेसभित्र शंका, उपशंका बढिरहेको छ । राष्ट्रियसभाका उम्मेद्वार सबैले जित्दा पनि सत्तारुढ गठबन्धन सरकार भत्काउन कांग्रेसभित्र डा.शशांक कोइराला टुप्पी कसेर लागेका छन् । छिमेकी भारतले कांग्रेस र प्रतिपक्ष एमाले सहकार्य गरोस्, माओवादी र नेकपा समाजवादीको गठबन्धन भत्कोस् भन्ने उद्देश्य राखेको भारतको चाहना रहेको छ । ७५औँ गणतन्त्र दिवस मनाएको भारतद्वारा नै परिचालित नेताहरू कांग्रेस र एमालेमा मात्र छन् । नेकपा माओवादी केन्द्रमा समेत बढिरहेका छन् ।
कांग्रेस पार्टीमा कृष्ण सिटौला, विमलेन्द्र निधि, डा.शेखर कोइरालासम्मको सेटिङले अमेरिकी डिजाइनका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई चेपुवामा पारेको छ । कांग्रेसले केन्द्रीय समितिको भुर्चअल बैठकले घोषणा गरेको कार्यसम्पादन समितिको ४५ जना छनोट गर्न नसकेको अवस्थामा चुनावबाट कांग्रेसपछि हट्न हुन्न भन्ने तर्क पनि आएको छ । कांग्रेसमा प्रतिपक्ष बनेका डा.शेखर कोइरालाले गठबन्धन त्याग्न दबाब दिनु भनेको निधि र सिटौला कनेक्सन भएको पार्टीमा चर्चा छ । तीन सांसदको पद जाँदा तीन जना थप सांसद भएको बेला गठबन्धन भत्काउँदा र चुनावमा कांग्रेसले जनसमर्थन सर्लक्कै पाउँछ भन्ने ठाउँ छैन । किनकि कांग्रेस सरकारमा भएर पनि जनतालाई प्रभावित पार्ने गरी कुनै निर्णय गर्न नसक्ने पार्टी बनेको छ ।
यसैबीच कांग्रेसले केन्द्रीय समिति बैठक बस्न नसक्दा काम गर्न कार्य सम्पादन समिति बनाएको छ । त्यहाँ ठेकेदार जिपछिरिङ लामालाई राखिएको छ । कार्य सम्पादन समितिमा परेका नेताहरू चुनावमा टिकट बेच्छन् । आनन्दप्रसाद ढुंगाना, सुजाता कोइराला, बलबहादुर केसी यो मामिलामा सफल बनेका छन् । सभापति देउवाले आफूलाई सहज हुनेगरी कार्य सम्पादन समिति बनाएका छन् । देउवा कांग्रेसको नाममा गुटको खेती गर्न अग्रसर भएका सभापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *