मधेशको राजनीतिबाट क्लिँदै महन्थ

समाचार

काठमाडौं । मधेशी दलहरूलाई पनि कम्युनिस्टहरूको रोग फेरि सल्केको छ । जसरी सर्वोच्चले ऋषि कट्टेलको माग पूरा गर्ने नाममा नेकपा फुटाएर एमाले र माओवादी बनायो त्यसरी नै जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बन्न पुगेको थियो । विवाद र सिद्धान्त नभएका, भारतले सीमा हस्तक्षेप र नेपालीलाई लुटपाट मच्चाउँदा नबोल्ने महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठीजस्ता नेताले मधेसमा हुने उत्पीडन र शोषण अन्त गर्न के कार्यक्रम ल्याए ?
यहाँ जसपाका उपेन्द्र यादव चोखा छैनन् । यादवको पार्टीका सदस्य साहुकरहरूले कति मधेसी युवाको जीवन लिएका छन्, कति महिलाहरू लाई बोक्सीको आरोपमा मलमुत्र खुवाएका छन् पार्टीले ध्यान दिएको देखिँदैन । मधेसको मुद्दा छाडेका महन्थ र राजेन्द्र यसरी एक्लिनुले उपेन्द्रलाई फाइदा भएको छ ।
महन्थले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग गठबन्धन गर्दा लोकतान्त्रिक समाजवादीको हाल कस्तो भयो अहिले त्यो पार्टी विभाजन नहुने स्थितिमा छ । महन्थका कारण प्रदेश २ मा संसदीय दल बनेको छैन । सांसदहरू छिन्नभिन्न भएका छन् । राजेन्द्र महतो पार्टी कार्यालय जाँदैनन् । जिल्ला पार्टी एकलौटी बनाएका छन् । सद्भावना पार्टीले जिल्ला नेतृत्व पाएन । अनिल झालाई रौतहटमा शरदसिंह भण्डारी पक्षलाई महोत्तरी र सिराहामा नेतृत्व दिएको आरोप पनि छ । डा.वृशेषचन्द्रलाल, डा.विजयकुमार सिंह पुरानो तमलोपा जोगाउँदै छन् । उता रविशंकर कर्णले दर्ता गरेको त्यो पार्टी बद्रीको रामगोपालपुरबाट जाग्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *