नेपाली सेनामा पनि प्रहरीकै लाइन

समाचार

काठमाडौं । नेपाली सेना पनि प्रहरीकै बाटोमा लागेको छ । प्रहरी र सशस्त्र प्रहरीमा एमाले काग्रेसको लोगो टाँसेका र नेताको घर धाउने एआइजी डिआइजीको टिम ठूलो छ । नेपाली सेनामा कांग्रेस सभापति शेरबहादुरसँग दोस्ती गाँसेका उपरथी अनन्त कार्की कुलर्दा–कुर्लदैँ हिजोमात्र अवकाश पाएका छन् । यिनले सीताराम खड्का र ताराध्वज पाण्डेको बढुवा रोक्न प्रधानमन्त्री गुहारेको आरोप छ । प्रहरीले पनि वरिष्ठता र जेष्ठता मिच्दा सिलवाल काण्डको रमिता देखेकै हो । अझै प्रहरीले यस्ता काण्ड गरिरहेकै छ ।
नेपाली सेनाभित्र फौजी कमाण्डलाई महत्व दिइन्छ भने उपरथी कार्कीको राजनीतिक सम्बन्धले प्रभाव पारेको छ । ठेक्कापट्टामा पहुँचको अर्थ रहन्छ । तर, बढुवा र म्याद थपमा प्रोटोकललाई मिच्न सकिँदैन भन्ने तथ्य यही प्रकरणमा प्रधान सेनापति प्रभुराम शर्माले प्रधानमन्त्री देउवालाई देखाएका छन् । यस्तो कुरामा प्रहरीले अडान लिँदैन । त्यही कारण मेट्रोमा हरि पालको रजाईं चलेको छ । पाल प्रदेश नं. २ को डीआईजी हुँदा नेकपा चन्दका सप्तरी इन्चार्ज कुमार पौडेलको हत्या प्रहरीले नै ग¥यो । त्यो बेला सर्वेन्द्र प्रमुख थिए । सर्वेन्द्रले खटाएका प्रहरी मानव हत्यामा सरिक थिए । सर्वेन्द्रले खटाएका प्रहरी मानव हत्यामा सरिक थिए भन्ने आरोप छ ।
अराजकता सुरक्षा फौजको खचाञ्ची बन्दै गर्दा राजनीतिभित्रको कुसंस्कार चर्किएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र भित्रको चर्काे राजनीति अहिले कांग्रेस वृत्तमा मौलाएको छ । नेताहरू फौजबाटै पैसा लिन चाहन्छन् । बढुवाको लागि खर्च गर्दा गणपति र कमाण्डरले राशनको पैसा खाने, विदा छाड्नेजस्ता धन्दा गर्दा त्यसविरुद्ध परेको उजुरी छानबिन हुँदैन । राजनीतिले ग्रस्त पारेको फौजी समूह जनवादी कस्तो होला ? नेकपाका टुक्राटुक्री ठूलो बथानको समेत फौजको सुधार सम्बन्धी नीति नै नहुँदा यथास्थितिमा चल्ने कांग्रेसले सुधार्छ भन्ने सोच्नु नै गलत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *