एमसिसीका बिचौलिया चम्कँदै

समाचार

काठमाडौं । अमेरिकी सहयोग एमसिसी राजनीतिक तहमा विवादमा परेका बेला कनकमणि दीक्षितको टोली नागरिक समाजको नामबाट सक्रिय भएको छ । देशको स्वाभिमान र गौरबभन्दा बिचौलियाहरू परिचालन गर्ने काम कुनस्तरबाट भएको हो शंका छ । पहिला भारतीय बिचौलियाहरू आज रातारात अमेरिकी सेवक भएका छन् । सञ्चारकर्मीको नाममा राज्यको स्रोत पचाउने, गुणस्तरीय शिक्षाको नाममा महँगो स्कुल (रातो बंगला) चलाउने कनकमणि समूह शैक्षिक माफियाका रूपमा पनि परिचित छ ।
कनकमणि दीक्षित, अरुण सुवेदी, दिलभूषण पाठकहरूले एमसिसीको उपाध्यक्ष फातिमा सुमारसँग नागरिक तहबाट भर्चुअल गफ गरेर नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एमसिसीको पक्षमा ल्याउनसक्ने अवस्था छैन । नेकपा एमालेको ओली समूह, नेपाली कांग्रेसको देउवा समूहले एमसिसीभित्रको जनघाती राष्ट्रविरोधी बुँदाहरूको बारेमा चासो दिएका छैनन् । राष्ट्रघाती महाकाली सन्धी भएको २४ वर्षसम्म भारतले महाकाली नदीमा लगाउने एकफल्स बाँध निर्माण गरेका छैन । एमसिसी पास गर्न एमाले र कांग्रेस मात्र भएर पुग्दैन । एमालेको ओली खोमाले राष्ट्रघातको निर्णय गर्न लाज मान्दैन । मुखले समृद्धि र विकास, तर व्यवहारमा भने ओम्नीजस्ता व्यापारिक घराना पोस्ने काम ओली सरकारले गर्दै आएको थियो । सरकारकै तहमा राजनीतिक छलफलसमेत नभएको एमसिसीले राजनीतिक उथलपुथल ल्याउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *