पर्यटनमन्त्री आले ः कामसँगै दाम पनि

राजनीति

काठमाडौं । माफिया र भ्रष्ट समूह राधेश्याम सर्राफदेखि दीपक मल्होत्राजस्ता तस्कर जोडिएका व्यापारिक फर्मले सरकारलाई टेर्दैन । पर्यटनमन्त्रीलाई टेर्ने कुरै हुन्न । विगतका पर्यटनमन्त्रीहरू हिसिला यमी, लोकेन्द्र विष्ट माओवादीका कलंक नै थिए । एमालेका भीम रावल, यमलाल कँडेलले वायुसेवा निगम डुबाएकै हुन् । स्व.रविन्द्र अधिकारी, भीम आचार्य, भानुभक्त ढकाल भनेका नेताको आदेशमा चले, खल्तीमा दाम हाले । योगेश भट्टराईले बद्नामी कमाए । बद्नामीमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको व्यापारिक स्वार्थ थियो । थामसेर्कु, बतास समूह, यती एयर, हिमालयन एयरको व्यापारिक स्वार्थले त्यही देखायो ।
तर, एमाले फुट्दा कुर्सी र पदको लागि माधव समूहतिर लागेका प्रेम आलेले पर्यटनमन्त्री भएर आफैँ फिल्डमा हिँड्दा बतासको ढाडमै टेके भने तस्कर माफियाको लगानीमा सञ्चालित भारतीय माफियाहरुको जमघट गर्ने थलो होटल याक एण्ड यती र कोभिड अगाडिसम्म त्यहाँ सञ्चालनमा रहेको भने पनि ७ वर्षदेखि बन्द भएको छ । मन्त्री आलेले होटल बन्द भएपछि क्यासिनोमाथि प्रहार गरेका छन् । मन्त्री आलेको निर्णय पर्यटन विभागले कार्यान्वयनमा ल्यायो । क्यासिनो कति चलेका छन् थाहा पाउने विभागले हो । रोयल्टी नतिरी विदेश भाग्न लागेका अमेरिकी नागरिक माइक बोल्सोभरलाई एयरपोर्टबाटै पक्राउ गर्नु नै पर्यटनमन्त्री आलेको बहादुरी ठान्नु परेको छ ।
नेताहरू देशघाती एमसिसीको ५४ अर्ब रूपैयाँमा ¥याल काडेर बसेका छन् । होटल याक एण्ड यती र क्यासिनोले ४२ करोड २५ लाख ६८ हजार रुपैयाँ राजस्व मारेको छ । यसरी नै राजस्व नतिर्ने क्यासिनोहरू होटल सोल्टी, होटल ¥याडिसन, मल्ल, अन्नपूर्ण, सेराटन, हायात, सांग्रिला, फुलबारीबाट अर्बाैं रोयल्टी उठेको छैन । पर्यटमन्त्री आलेले नागरिक उडड्यन प्राधिकरणमा ११औँ तहका प्रदीप अधिकारीलाई १२औँ तहको महानिर्देशक बनाउँदा ५ करोड लिएको बताइन्छ । त्यो निर्णयले मन्त्री आले बद्नाम छन् । तर, होटल र पर्यटन क्षेत्र जोडिएको विषयमा भने काम देखाएका छन् । सात वर्षदेखि बन्द क्यासिनाको लाइसेन्स कसरी रद्द भयो भन्ने शंका यहाँ पैसाको बार्गेनिङसँग जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *