प्रहरीमा सिलवाल काण्ड निम्तिँदै

समाचार

काठमाडौं । प्रहरीको फौजी समूहमा राजनीतिक हस्तक्षेप सामान्य ठानिन्छ । प्रहरीले सत्तामा जो छ त्यसैको जोहो गर्छ । नेपाल प्रहरीका वरिष्ठ एआइजी विश्व पोखरेल नेकपा एमाले सरकारमा हुँदा बढुवा भए । सहकुल थापालाई एमालेले नै बढुवा ग¥यो । तर, अहिले कांग्रेसका लागि वरिष्ठताभन्दा धिरजप्रताप सिंह विश्वासी बनाइएका छन् । यी दुवैप्रति कांग्रेसको विश्वास छैन ।
बालुवाटारले धिरज बोकेको छ । प्रहरीभित्र सिलवाल काण्ड दोहो¥याउन खोजिँदैछ । यो काण्ड घटाउने पनि शेरबहादुर देउवा नै हुन् । देउवाले दोस्रो वरियताका जयबहादुर चन्दलाई च्याप्दा चौँथो वरियताका प्रकाश अर्याल आइजिपी भएका थिए भने पहिलो वरियताका नवराज सिलवाल बहिर्गमनमा परेका थिए । द्वन्द्व चर्काएर त्यो बेला प्रहरी अस्पतालका डाक्टरले कार्यवाहक आइजिपी बन्नुपरेको अवस्था सिर्जना गर्ने पनि कांग्रेस नै हो । चुनावमा धाँधली गर्न सहयोग गर्न खोज्दा विश्व पोखरेल र सहकुल थापा अविश्वासी बन्दैछन् ।
अहिले एआइजी सिफारिस भएका रविन्द्र धानुक डिआइजी बढुवा हुँदा आठौँ नम्बरमा थिए । वरिष्ठ नै खोज्ने हो भने घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त पन्थ, ईश्वरबाबु कार्की, वसन्त लामा, अरुण विसीमध्ये एआइजी हुनुपर्ने हो । तर, अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकुष्ण खाँडको लेनदेनमा धिरजप्रताप सिंह र धानुक परेका छन् । धानुकको लुम्बिनी प्रदेशमा व्यापक विरोध हुँदा गृहमन्त्री हच्केका छन् । उत्तमराज सुवेदी कसको कोटामा परेका हुन् ? कतै उनको ठाउँमा अर्काे थैली उम्मेद्वार त आउने होइन शंका छ । किनकि रूपन्देहीमै धानुकको विरोध हुनु गृहमन्त्री त्यहीकै हुनु पनि संयोग हो ।
नेपाल प्रहरीले बैशाख १९ मा आइजिपी नयाँ पाउँदैछ । १८ गते आइजिपी शैलेश थापा ३० वर्षे सेवाबाट अवकाश पाउँदैछन् । उनका ब्याची घनश्याम अर्याल, ईश्वर कार्की, प्रकाशजंग कार्की, वसन्त पन्थ आइजिपी शैलेश थापासँगै बिदा हुँदैछन् । उनीहरूले ३० वर्षे अवधिको कारण अवकास पाउँदैछन् । ओली सरकारले यी चार जनाभन्दा कनिष्ठ सहकुल थापालाई एआइजी बनाएर अपदस्त भयो । थापाले फुलि पाए पनि लामो समयसम्म कार्यक्षेत्रमा काम गर्न पाएका थिएनन् । अहिले एआइजीमा सिफारिस भएका धिरजप्रताप सिंह, उत्तमराम सुवेदी विवादबाट टाढा छन् । धानुकले लुम्बिनी प्रदेश प्रमुखसमक्ष सांसदहरू जाँदा महिला सांसदहरूमाथि हातपात गरेको आरोप लागेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले त्यस्ता विवादित डिआइजी बोकेर राजनीति गर्दा कसरी सफल होलान् ? माओवादीभित्र जनार्दन यही विषयले आलोचित हुँदैछन् । यसपटक कांग्रेसले पोखरेललाई विश्वास नगर्नुको कारण भनेकै विश्व पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग जोडिनु हो । ओली सरकारले एआइजी बनाएका पोखरेल र थापाप्रति अविश्वास गर्ने कांग्रेसले अगाडि सार्ने धिरजप्रताप सिंह कसरी विश्वासी हुन्छन् ? जबकि यी सबै स्व.खुमबहादुर खड्का गृहमन्त्री भएका बेला प्रहरी सेवामा प्रवेश गरेका पात्र हुन् । प्रहरीलाई बद्नाम गर्ने नै कांग्रेस हो ।
विश्व पोखरेल सहकुलभन्दा एक वर्ष अगाडिका एआइजी हुन् । पोखरललाई रोक्न सहकुल थापा नै अग्रसर थिए । धानुक, सिंहले शक्ति केन्द्र धाउन थापालाई खटाए । थापाले महेश बस्नेत परिचालन गरेको आरोप छ । अर्थात ईश्वरका अगाडि यिनको केही चलेन । विवाद त्यही बेलादेखि नै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *