चोलेन्द्रमाथि भ्रष्टाचारको आरोप

समाचार

काठमाडौं । राजनीतिक दलको नेताको स्वार्थमा प्रधानान्यायाधीश चोलेन्द्रशमशेर राणाले कत्तिको रोजीरोटी खाए, कतिलाई खुसी पारे । आज सबै उनीसँग किन रिसाए । आफ्नो ऐना आफैँ हेर्न बाध्य भएका छन् । २०५२ सालमा चोलेन्द्रशमशेर राणाले तत्कालीन न्यायाधीश सुरेन्द्र सिंहलाई प्रधानन्यायाधीश बन्न नदिन नागरिकता र शैक्षिक प्रमाणपत्रको मिति फरक भएको मुद्दा हाले । आफैँले अदालतमा मुद्दा हाल्न लगाएर आफैँ सुरेन्द्र सिंहको पक्षमा वकालत गर्दा कानुनी आचारसंहिताको ख्याल गरेनन् । यिनकै पहलमा सिंहको जन्ममिति सम्बन्धी मुद्दा थन्कियो । जब सिंह प्रधानन्यायाधीश भए, अदालतमै बिचौलियाको काम गर्ने चोलेन्द्र पुनरावेदन अदालत विराटनगरको न्यायाधीश बन्न पुगेका थिए ।
अहिले आफैँले उजुरी दिने, आफैँ आरोपितको पक्षमा उभिने कानुन व्यवसायीको रूपमा विचित्र चरित्र चोलेन्द्रशमशेरले देखाए । विराटनगरमा जुवालाई बौद्धिक खेल भनेर जुवाडे छुटाएपछि चोलेन्द्रको चमत्कारले कानुनी क्षेत्र लज्जित भयो । विराटनगरबाट विशेष अदालतमा राखियो । त्यहाँ पनि भ्रष्टहरूलाइ सफाइ दिए । कांग्रेसका जेपी गुप्ता, गोविन्दराज जोशीलाई चोलेन्द्रले जोगाए पनि सर्वाेच्चले मुद्दा उल्ट्यायो । जेपी गुप्ता जेल बसे, बिगो तिरे र जेलबाट निस्किए । गोविन्दराज जोशीको मुद्दा सर्वाेच्चमै पैसा खाँदै ६ वर्षदेखि दबाइएको छ ।
चुनावी सरकारमा खिलराज रेग्मी अध्यक्ष भएपछि साधु चरित्रको दामोदर शर्मालाई चोलेन्द्रप्रति मोह जाग्यो । चोलेन्द्र खिलराजको पालामा सर्वाेच्चमा पुगेका थिए । फैसला विवादास्पद हुँदा सर्वाेच्च भित्रैबाट कारबाहीको सिफारिस भयो । तर, पैसाको कारण यस्ता विषय थन्किए । आफू पनि खानेले अरुलाई पनि खुवाउँछ भनेजस्तै चोलेन्द्रले आफ्नो योजनामा हिँड्नेहरूलाई आर्थिक लाभ गरेको दरबारनिकट पुराना पत्रकारहरू बताउँथे ।
दामोदर शर्माको समयबाट सर्वोच्चमा बिचौलिया प्रवेश खुला भएको बताइन्छ । यिनै चोलेन्द्रको सहयोगमा सार्वजनिक जमिन व्यक्तिले हडप्ने, मेडिकल माफियाले उन्मुक्ति पाउनेजस्ता काम भए । चर्चित ललिता निवास जग्गा प्रकरणमा सर्वाेच्चले विशेष अदालतमा चासो राख्न थालेको छ । कांग्रेसका विजय गच्छदार, भाटभटेनीका मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकृष्ण सुवेदी, छविराज पन्थहरूले चोलेन्द्रको टिममार्फत राम्रै खर्च गरेको चर्चा सर्वाेच्चमा सुनिन्छ ।
माफिया शोभाकान्त ढकालका पाटर्नर अधिवक्ता रामकृष्ण सुवेदी र चोलेन्द्रशमशेरबीच पुरानो दोस्ती भएकाले ललिता निवास प्रकरणको फैसला अल्झाइएको छ । समय लम्बिँदै जाँदा राजनीतिक उथलपुथल हुन्छ । त्यही बेला यस्ता विषयमा फैसला हुँदा जनताले मुद्दा बिर्सेका हुन्छन् । राजनीतिक नेतृत्वले मौकाको फाइदा यस्तैमा लिन्छन् । चोलेन्द्रलाई नेकपा एमालेले काँध हाल्नुको कारण अध्यक्ष केपी ओलीको राजनीतिक इगो हो । यसले एमालेलाई फाइदा गर्दैन । कानुनी क्षेत्रमा चोलेन्द्रलाई बद्नाम पात्र भनेर चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *