काठमाडौं । राजनीतिक पार्टीका नेताको गतिविधि हेर्दा जनतालाई सुसूचित गर्नको लागि पार्टी सचिवालयले चुस्तता दर्शाउँछ । तर, प्रचण्डका पुत्र प्रकाश दाहालको दुःखद निधनपछिको सचिवालय चुस्तदुस्त छैन । सचिवालय कसैको कमाइको थलो बन्यो त कोही समानुपातिक सांसद भए । केशव नेपाल पार्टीको केन्द्रीय कार्यालयमा बसे । संविधानसभाका सांसद भए । श्रीराम ढकाल सांसद भए, निरन्तर सचिवालयमा रहेका छन् । पार्टीको महाधिवेशनमा तनहुँ जिल्लाका कार्यकर्तालाई भोलेन्टियरसमेत राखेनन् । ढकालले संगठन ध्वस्त बनाएका छन् ।
मोहन वैद्यले पार्टी फुटाउँदा वैद्यको पछि लागेका जोखबहादुर महरा, माओवादी पार्टीमा मारवाडीसरह भएका छन् । उनीमार्फत् पार्टी अध्यक्षलाई भेट्न कार्यकर्ताले कहिल्यै समय पाएका छैनन् । तर, माफिया र तस्कर चरित्रका मान्छेले भेट्न खोज्दा सहजै समय पाउँछन् । विष्णु सापकोटा ‘जुगल’ पनि सचिवालयमै रमाए । अजय सुमार्गी र प्रचण्डको लेनदेनमा चीनले सबै हेक्का राखे । अहिले जुगल प्रेस सेन्टरको अध्यक्ष भएका छन् । तर, कार्यसमितिले पूर्णता पाएकै छैन । सेन्टरले सचिवालयसमेत बनाएको छैन । प्रेस सेन्टरका नेता अधिकांश आफैँ मिडियाकर्मी छैनन् । त्यही कारण प्रेसका समस्या क्रान्तिकारी पत्रकारहरूलाई मतलब हुँदैन ।
प्रचण्डको सचिवालय सक्रिय नहुनुको कारण जोखबहादुर महरा र श्रीराम ढकालजस्ता व्यक्तिहरू हाबी भएका छन् । रमेश मल्ल अखिलबाट सचिवालयमा गएका छन् । यी पनि दिनानाथ शर्माजस्ता भ्रष्ट शिक्षामन्त्री भएका बेला पिए बनेर शर्माका छोरा साजन, छोरी कल्पनाले निजी मेडिकल कलेजबाट कमाएको पैसा गन्ने खजाञ्ची बनेर सत्ताको स्वाद लिएका युवा मानिन्छन् ।
कार्यकर्ताले जुम्रारूपी ढकाल र माडेरूपी जोखबहादुरलाई फिटिक्कै मन पराउँदैनन् । प्रचण्डको साथ नपाएको भए वैद्यको पछि लागेका जोखबहादुरको गरीखाने ठाउँ थिएन । श्रीरामले त प्रचण्डकै सचिवालयमा बसेर पहिले श्रीमती र छोराछोरीलाई जागिर लगाएका थिए । दुवै पार्टी फुट्दा मोहन वैद्यको पछि लागेका व्यक्ति हुन् । विचार खान दौडेको सुरेश आले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका छन् । जोखबहादुरलाई दाजु कृष्णबहादुर महराले पार्टी अध्यक्षको सचिवालयमा थन्क्याउने गरी मोहन वैद्यको समूहबाट फिर्ता ल्याएका थिए ।